अब एमालेको सरकार बन्छः ओली
बर्दियाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभाको दुवै निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्।
बर्दियाको सदरमुकाम गुलरियामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि कम्युनिष्टको बहुमतीय सरकार वन्ने दावी गरे।
देशलाई एकता र शान्तिको बाटोमा लैजान एमालेको सरकार आवश्यक रहेको भन्दै ओलीले लोकतन्त्रको अभ्यास, कानूनी राज्य र सुशासनको बाटोमा जाने प्रष्ट पारे।
माओवादी केन्द्रका नेता रामबहादुर थापाले कार्यक्रममा प्रचण्डको सन्देश सुनाएका थिए। भैरहवाको चुनावी सभा सकेर दुबै नेता हेलिकप्टरमा बर्दिया आएका थिए।
प्रतिक्रिया दिनुहोस !
८