९ वटा बुथको मतपेटिका अझै आएन

९ वटा बुथको मतपेटिका अझै आएन

सङ्खुवासभा: निर्वाचन सकिएको दोस्रो दिनमा पनि खराव मौसमका कारण जिल्लाका ९ वटा बुथको मतपेटिका सदरमुकाम ल्याउन सकिएको छैन। हेलिकप्टरबाट मतपेटिका ल्याउनुपर्ने भएपनि मौसम बिग्रिएका कारण उडान गर्न नसकिएको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ।

१ सय ५३ मतदान केन्द्रमध्ये १ सय ४४ केन्द्रको मतपेटिका जिल्ला समन्वय समितिको कार्यालय खाँदबारी राखिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी गराए।

हिमाली क्षेत्रका दुधपोखरी आधारभुत प्रावि थुदाम मतदान स्थल, किमाथाङ्का, गौथला, दीपज्योतियाफु, च्याम्ताङ्, चेपुवा, हटिया, हुङगुङ् र रिदाक गरी ९ मदतान स्थलको मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याउने भनिएपनि मौसम खराब भएपछि मतदानस्थलमै सुरक्षित रुपमा राखिएको निर्वाचन कार्यालयले जनाएको छ।

१ लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा ६५ दशमलव ७९ प्रतिशत मत खसेको थियो। सबै भन्दा कम मत थुदामको मतदान केन्द्रमा १६ मत खसेको थियो। ४४ मतदाता रहेको थुदाममा स्थानीय तहको निर्वाचनमा पनि १६ मत मात्र खसेको थियो।

जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको मतपेटिकाको सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.