पर्वतमा हतियार बुझाउन आनाकानी

पर्वतमा हतियार बुझाउन आनाकानी

कुश्मा: जिल्ला प्रशासन कार्यालय पर्बतले निर्वाचन सम्पन्न नहुन्जेलसम्म अनुमति प्राप्त ठूला तथा साना हतियार बुझाउन निर्देशन दिएपनि अधिकांशले अवज्ञा गरेका छन्। प्रशासनले पटक पटक हातहतियार बुझाउन ताकेता गरेको भएपनि हतियार धनीहरुले बुझाउन आनाकानी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयले  सुर क्षाको  कारण देखाउदै  निर्वाचनको  समयमा सार्वजनिक सूचना जार ी गरेर   बैध हतियार लाई केही समयका लागि सम्बन्धित प्रहरी युनिटमा बुझाउन आग्रह गरे पनि ती हतियार हरु संकलन नभएको  जिल्ला प्रसाशन कार्यालय पर्बतले जनाएको छ।

पर्बतमा सुरक्षाका लागि भन्दै  २ सय ८७ जनाले  विभिन्न प्रकारका हतियार  राख्न अनुमति प्राप्त गरेका छन् । हतियार राख्न अनुमति प्राप्त गरेका मध्ये १० प्रतिशतले पनि वर्षौदे खि नविकरण समेत नगरेको जिल्ला प्रशासन कार्यालयले  जनाएको  छ । जिल्ला प्रशासनको  रेकर्डमा करिब ३÷४ वर्षदे खि एकाध हतियार  बाहेक अधिकांश हतियार   नविकरण भएका छैनन् । कार्यालयको  तथ्यांक अनुसार   प्रत्ये क वर्ष हतियार   नविकरण गराउनेको  संख्या घट्दै  गएको  छ । अहिलेसम्म ८५ जनाको बाहेक हतियार नविकरण नभएको पाईएको छ।

पर्बतमा १२, १६ र २२ फोरका भरुवा बन्दुक, पेस् तो ल र   हावादारी बन्दुक लगायतका हतियार   अनुमतिप्राप्त छन्। प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले हतियार अनुमति प्राप्त व्यक्ति जिल्ला बाहिर र विदेश भएको कारण पनि हतियार नविकरण र संकलनमा कमी आएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.