तात्दै काठमाडौंको चुनावी माहोल

तात्दै काठमाडौंको चुनावी माहोल

काठमाडौं: प्रमुख दलले राजधानी काठमाडौंमा प्रचारप्रसार तीव्र पारेका छन् । उम्मेदवारी मनोनयनसँगै घरदैलोमा व्यस्त रहे पनि ठूलो सभा नगरेका दलहरूले शीर्ष नेताको सहभागितामा चुनावी सभा गर्न लागेका हुन् ।

दस क्षेत्र रहेको काठमाडौंका सबै ठाउँमा लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यद्यपि स्थानीय तह चुनावमा काठमाडौं महानगरमा उल्लेख्य मत पाएको विवेकशील साझा पार्टीलाई पनि दह्रो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

विवेकशीलले केही क्षेत्रमा चर्चित अनुहारलाई उठाएपछि परम्परागत रूपमा प्रमुख दलले पाउँदै आएको काठमाडौंको मत बाँडिने सम्भावना छ । उसले पनि अन्यत्रभन्दा काठमाडौंकै क्षेत्रलाई बढी प्राथमिकतामा राखेको देखिन्छ ।

क्षेत्र १ मा वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा, कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझाका रवीन्द्र मि श्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिका निर्वाचनमा कांग्रेसका सिंहले जितेको यो क्षेत्रमा यसपटक वाम गठबन्धनका शर्मा र विवेकशीलका मि श्र दुवैले चुनौती दिइरहेका छन् । क्षेत्र २ मा पनि एमालेका वरिष्ठ नेता माधव नेपाललाई कांग्रेसका दीपक कुइँकेल र विवेकशीलका सूर्यराज आचार्यले दह्रो दाबेदारी दिएका छन् ।

त्यस्तै क्षेत्र ५ मा एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र विवेकशीलका संयोजक उज्ज्वल थापाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले-माओवादी र कांग्रेस-राप्रपा दुवैले १० वटै क्षेत्रलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरेका कारण काठमाडौंको चुनावले सबैको ध्यान खिचेको छ । वाम गठबन्धनले मंगलबार क्षेत्र १ मा पर्ने बानेश्वरमा जनसभा आयोजना गरेको छ । उक्त क्षेत्रका वाम गठबन्धनका उम्मेदवार शर्माका अनुसार दिउँसो २ बजे बानेश्वर चोकमा हुने जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाललगायतले सम्बोधन गर्दै छन् ।

यता कांग्रेसको निर्वाचन प्रचारप्रसार समिति संयोजक गगन थापाका अनुसार कांग्रेसले समेत काठमाडौंमा शीर्ष नेताको उपस्थितिमा केही दिनभित्रै सभा गर्दै छ । कांग्रेसका शीर्ष नेताहरू मंगलबारदेखि चुनावी प्रचारका लागि देश दौडाहामा जाँदै छन् । सभापति शेरबहादुर देउवासहितका केही नेता भने यस अघिदेखि नै विभिन्न जिल्लामा खटिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.