उम्मेदवारको चुनावी एजेन्डा: कलंकी-कोटेश्वर सडक विस्तार

उम्मेदवारको चुनावी एजेन्डा: कलंकी-कोटेश्वर सडक विस्तार

काठमाडौं: प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ललितपुर क्षेत्र नं २ र ३ बाट उम्मेदवारी दिएका कांग्रेस, एमाले र माओवादी नेताले कलंकी-कोटेश्वर सडक विस्तारलाई तीव्रता दिने एजेन्डा अघि सारेका छन् । चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सनले सन् २०१३ को जुनबाट कलंकी-कोटेश्वर सडक (आठ लेन)सुरु गरे पनि कामले गति लिएको छैन ।

सुरु भएको ५२ महिनामा ६० प्रतिशत मात्रै काम पूरा भएको छ । सडक निर्माणमा ढिला हुँदा स्थानीयले वर्षामा हिलो र सुक्खा सिजनामा धूलोबाट सास्ती भोग्दै आएका छन् । स्थानीयले सडक निर्माणलाई तीव्रता दिन दबाब गर्दै दिए पनि निर्माण कम्पनी चासो दिएको छैन । त्यसैले पनि जिल्लाका उम्मेदवारले सडक विस्तारलाई चुनावी मुद्दा बनाएका हुन् ।

ललितपुर क्षेत्र नं ३ का कांग्रेस उम्मेदवार मदनबहादुर अमात्यले आफू निर्वाचित भएमा समयमै सडक विस्तारको काम सम्पन्न गराउन निर्माण कम्पनीलाई बाध्य गराने प्रतिबद्धता व्यक्त गरेका छन् । सडक निर्माण लापरबाही हुँदा ललितपुरका स्थानीयले दिनहुँ चोकचोकमा घण्टौं जाम बस्नेपर्ने अवस्था सिर्जना भएको छ । स्थानीयले धूवाँधूलोबाट मुक्त गराउन सडक विस्तारलाई तीव्रता दिँदै समयमै सम्पन्न गराउने अमात्यको प्रतिबद्धता छ ।

ललितपुर ३ नं क्षेत्रबाट वाम गठबन्धनका साझा उम्मेदवार पम्फा भुसासले पनि आठ लेनको सडक विस्तारको काम तीव्रता ल्याउने प्रतिबद्धता जनाएकी छन् । यसैगरी ललितपुर २ का कांग्रेस उम्मेदवार चन्द्र महर्जन र वाम गठबन्धनका साझा उम्मेदवार कृष्णलाल महर्जनले पनि आठ लेनको कलंकी-कोटेश्वर सडक विस्तार समयमै सम्पन्न गराउने जनतामाझ प्रतिबद्धता गरेका छन् ।

नेताले सडक विस्तारलाई चुनावी एजेन्डा बनाए पनि निर्माण कम्पनीले भने काममा कुनै चासो देखाएको छैन । सरकारले निर्माण कम्पनीसँग काम सुरु भएको ४० महिनामा सडक विस्तारको काम सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सन् २०१२ मा भएको सम्झौतामा उल्लेख छ । तर भूकम्प र भारतीय नाकाबन्दीका कारण सरकारले निर्माण कम्पनीलाई १८ महिनाको समय थप गरेको थियो । समय थपसँगै निर्माण कम्पनीले सन् २०१८ को जुलाईमा काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ । निर्माण कम्पनीले करिब आठ महिनामा काम सम्पन्न गर्ने सक्नुपर्ने भए पनि कामलाई तीव्रता दिएको छैन ।

५२ महिनामा ६० प्रतिशत काम
निर्माण कम्पनीले सडक विस्तारको काम थालेको ५२ महिना भइसकेको छ । तर अहिलेसम्म १० किलोमिटर सडक विस्तारमा ६० प्रतिशत मात्रै काम सम्पन्न गरेको आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झा बताउँछन् । ‘सडक निर्माणको सबैभन्दा महत्वपूर्ण काम पुल निर्माण र बाधा अवरोध नै हो', झाले भने, ‘निर्माण कम्पनीले अहिले सडकखण्डमा पर्ने खोलाको पुल र आकाशे पुल निर्माणको काम सकिसकेको छ ।'

अहिले आठ लेनको सडक निर्माणमा कुनै पनि समस्या छैन । काम तीव्र गतिमा भएको झाको दाबी छ । सडकखण्डअन्तर्गत रहेको मनोहरा खोला, बल्खु खोला र कलंकी खसी बजारनजिकको खोलामा पुल निर्माण भइसकेको छ । निर्माण कम्पनीले १० किलोमिटर सडकखण्डमा निर्माण हुने तीनवटा आकासे पुलको कामसमेत सकिएको उनले बताए ।

निर्माण कम्पनीले कंलकीदेखि बागडोलसम्मको दायाँबायाँ रहने दुईदुई लेनको ट्र्याक निर्माण अन्तिम चरणमा पुर्‍याइसकेको छ । त्यसमा पनि एकान्तकुनादेखि कोटेश्वरसम्मको ट्र्याकमा अब कालोपत्र गर्न मात्रै बाँकी भने पैदल यात्रु हिँड्ने बाटोकको दायाँबायाँ सडक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

निर्माण कम्पनीले कंलकीमा निर्माण गरिरहेको अन्डरपास सडक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ भने बाग्डोलदेखि कलंकीसम्मको दुई लेनको साइट ट्र्याक खोल्ने काम आधा भएको झाले बताए । अब सबै मेसिनरीको काम भएको हुँदा समयमै निर्माण कम्पनीले सडक विस्तारको काम सक्नेमा आयोजना कार्यालय विश्वस्त रहेको उनको भनाइ छ । समयकै काम नसके पनि थोरै मात्र काम बाँकी रहने उनले बताए ।

आयोजना प्रमुखले भनेजस्तै समयमै काम सम्पन्न हुनेमा नेता भने विश्वस्त छैनन् । ‘५२ महिनामा ६० प्रतिशत काम गर्नेले अहिलेकै अवस्थामा अब आठ महिनामा ४० प्रतिशत काम गर्ने सक्दैन', अमात्यले भने, ‘निर्माण कम्पनीले कामदार बढाएर वर्षा सिजन सुरु हुनुअघि नै काम सक्नुपर्छ ।'
निर्माण कम्पनीलाई साइट ट्र्याकभन्दा बीचको चार लेन सडक निर्माणका सहजता हुने झाको भनाइ छ । कम्पनीले माटो कमजोर भएको खण्डबाहेक अन्य ठाउँका सहज कालोपत्रे गर्न सक्ने उनको भनाइ छ ।

७० प्रतिशत रकम निकासा
संघाईले सडक निर्माणको कामभन्दा बढी रकम निकासा पाइसकेको छ । निर्माण कम्पनीले अहिलेसम्म ७० प्रतिशतभन्दा बढी रकम लिइसकेको छ । अबको केही समयमै उसले मुख्य काम सकिएको भन्दै २० प्रतिशतसमेत रकम लिने पाउनेछ । तर काम भने ६० प्रतिशत मात्रै भएको छ । कम्पनीले काम सुरु गरेको ३० दिनमा ५० र ६० दिनमा थप २० प्रतिशत रकम पाउने सम्झौतामा उल्लेख छ । सोहीअनुरूप निर्माण कम्पनीले अहिलेसम्म लागत रकमको ७० प्रतिशत रकम लिइसकेको छ ।

केही समयपछि पुनः निर्माण कम्पनीले थप २० प्रतिशत सकम निकासी पाउनेछ । निर्माण सम्झौतापत्रमा मुख्य काम सकिएपछि अर्को २० र हस्तान्तरणको एक महिनापछि बाँकी १० प्रतिशत रकम पाउने उल्लेख छ । आठ लेनको १० किलोमिटर सडक निमार्णको कुल लागत ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.