गाडी भाडामा लिएर उम्मेदवारलाई सुरक्षा

गाडी भाडामा लिएर उम्मेदवारलाई सुरक्षा

प्युठान: सशस्त्र द्वन्द्वको उद्गमथलो रोल्पा र रूकुमको छिमेकमा पर्छ प्युठान। ती जिल्लामा मतदातालाई त्रसित पार्ने गतिविधि बढ्दै गएपछि गृह प्रशासनले प्युठानलाई पनि अति संवेदशनशील जिल्लाको सूचीमा राखेको छ।

‘पहिलेका निर्वाचनमा प्युठानलाई संवेदनशील जिल्लाका रूपमा हेरिएको थियो', प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले भने, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अति संवेदनशील क्षेत्रका रूपमा राखिएको छ । सोहीअनुसार सुरक्षा अवस्था कडा पारेका छौं।'

रोल्पा र रूकुममा पहिलो चरणमा मतदान सकिएकाले निर्वाचनविरोधी पक्षहरू प्युठानमा भित्रन सक्ने उनको भनाइ छ। ‘छिमेकी जिल्लामा भएका निर्वाचनविरोधी गतिविधि यहाँ पनि हुन सक्छन्', उनले भने, ‘मतदातालाई ढुक्कसँग मतदान गर्ने वातावरण मिलाउन सुरक्षा अवस्था उच्च पारिएको छ ।'
प्रहरी–प्रशासनले गाडी भाडामा लिई उम्मेदवारहरुलाई सुरक्षा दिइरहेको छ।

जिल्लामा रहेका १८ प्रहरी चौकी र इलाका प्रहरी कार्यालयमा सवारी साधन पुर्‍याइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार तत्काल १४ वटा गाडी भाडामा लिएर सुरक्षा प्रदान गर्न थालिको छ । ‘आवश्यकताअनुसार सवारी साधन थप गर्ने तयारीमा छौं', उनले भने, ‘गाउँ पुगेका प्रहरीलाई पूर्ण अधिकारसहित खटाएका छौं ।' प्रहरीका चारवटा मात्र गाडी रहेको उनले सुनाए।

प्रहरीले निर्वाचनविरोधी क्रियाकलापमा संलग्न रहेको भन्दै नेकपाका केही कार्यकर्तालाई पक्राउ गरी हिरासतमा राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.