सञ्जयको समर्थन मलाई : निधि

   सञ्जयको समर्थन मलाई : निधि

काठमाडौं : धनुषा ३ का कांग्रेस उम्मेदवार विमलेन्द्र निधिले यसअघि निर्वाचन जितेका सञ्जय साहको समर्थन आफूलाई भएको दाबी गरेका छन्। काठमाडौंमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै निधिले भने, ‘दुई चोटी जनकपुरबाट चुनाव जितेको सञ्जयको प्रभाव जनस्तरमा राम्रो छ।' जनकपुर बमकाण्ड, सञ्चारउद्यमी अरुण सिंघानिय जस्ता ठूला आपराधिक घटनामा मुछिएका साह हाल जेलमा छन्। पहिलो सविधान सभा निर्वाचनमा फोरमबाट र दोस्रोमा सदभावनाबाट जनकपुरबाट उनले चुनाव चितेका थिए।

उक्त क्षेत्रबाट आफूले सजिलै जित्ने दावी निधिको छ। राजपाले आफूविरुद्ध उम्मेदवारी दिनुको कुनै तुक छैन निधिको तर्क थियो। उनले भने, ‘मेरै कारण मधेसवादी दलहरुको आन्दोलनका सबै कुरा सरकारी तहमा स्थापित भएको छन्। तर दुर्भाग्य भनौं, मेरैविरुद्धमा राजपाका एकजना अध्यक्ष चुनावी मैदानमा छन्।'

कांग्रेस र मधेसी गठवन्धनबीच चुनावी तालमेलका अथक प्रयास मेरै नेतृवमा भएपनि त्यो साकार हुन नसकेको समेत निधिले स्विकार गरे। उनले भने, ‘अब त्यो सम्भावना छैन। कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रिक गठवन्धन प्रतिको धर्म निर्वाह गरेको छ।'

वाम गठवन्धनका कारण मधेसमा स्थानीय तहको नतिजा भन्दा भिन्न परिणाम आउन सक्ने आंकलन भइरहँदा निधिले २ नम्बर प्रदेशको दुवै तहमा कांग्रेसले स्पष्ठ बहुमत ल्याउने जिकिर गरे। उनले भने, ‘सविधान संशोधनदेखि आन्दोलनका सबै मुद्दाको समाधानमा कांग्रेसले नेतृत्व गरेको छ। त्यसैले मधेस कांग्रेसमय छ।'

चुनाव प्रचारका क्रममा विरामी भएपछि काठमाडौं आइ अस्पताल भर्ना भएका निधि सोमवार डिस्चार्ज भएका हुन्। धनुषा जानुअघि काठमाडौंमा पत्रकारसँग कुराकानी गरेका निधिले प्रदेशिक संरचनाका लागि पहिलो पटक निर्वाचन भइरहेकाले यसको राजनीतिक महत्व वढी भएको उल्लेख गरे।

उनले वाम गठवन्धन जतिसुकै उग्र कुरा गरे पनि परिणाम कांग्रेसको पक्षमा आउने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.