एमालेले भन्यो: आचारसहिंता भित्र नै प्रचारप्रसार
काठमाडौं: नेकपा (एमाले)ले निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको जनाएको छ।
एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बुधबार विज्ञप्ति निकाल्दै आयोगले तोकेका आचारसहिंताभित्र नै रही निर्वाचन प्रचारका सबै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। “आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्ने हुन्छ”, विज्ञप्तिमा उल्लेख छ।
एमालेले चुनाव चिह्न वा शीर्ष नेताहरूको तस्बिरसहितको कुनै पनि प्रचार कार्य गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ। निर्वाचन आचारसहिंता विपरीत कार्य गरेको भन्दै आयोगले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
७