अब हामी ५० वर्ष सरकार चलाउँछौँ : प्रचण्ड

अब हामी ५० वर्ष सरकार चलाउँछौँ : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले अब ५० वर्ष सरकार चलाउने दाबी गरेका छन्। शनिबार ललितपुर क्षेत्र नम्बर ३ सुनाकोठीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।

‘पहिलो चरणको चुनावपछि एमाले अध्यक्ष केपी ओलीजी र म सँगै बस्यौँ र छलफल गर्यौँ। ३२ जिल्लामा दुई तिहाई स्पष्ट रुपमा आइसक्यो। दोस्रो चरणको चुनावमा पनि दुई तिहाई आउछ। पाँच वर्ष राम्रो काम गरेर सरकार चलाउँछौँ’, प्रचण्डले भने, ‘पाँच वर्ष राम्रो काम गरेपछि हामीले भोट माग्न यसरी ठूला आमसभा गर्नुपर्ने आवश्यकता हुँदैन। हामी टेलिभिजनमा बोलेकै आधारमा जनताले ह्वारह्वारी भोट दिन्छन्। त्यही जनताको भोटकै आधारमा हामी ५० वर्ष सरकार चलाउँछौँ।’

प्रचण्डले ललितपुरका तीन निर्वाचन क्षेत्र वाम गठबन्धको लालकिल्ला भएको समेत प्रष्ट पारे। ललितपुरलाई चीनको बेइजिङको संज्ञा दिँदै प्रचण्डले भने, ‘नेपालका लागि ललितपुर चिनियाँ कम्युनिस्टका लागि बेइजिङ जस्तै हो। एउटा सानो भुलचुकले एकपटक पराजित हुनुपरे पनि यो हाम्रो लालकिल्लै हो।’ उनले चुनावी सभाबाट ललितपुरका गठबन्धन उम्मेदवारलाई अग्रिम बधाई समेत दिए।

सँगै प्रचण्डले पार्टी एकताको संकल्प गरेर चुनावी तालमेल भएको स्पष्ट पारेका छन्। उनले पार्टी एकता नभए केपी ओली, माधव नेपाल र नारायणकाजीसँगै आफ्नो पनि राजनीतिक भविष्य सकिने बताए। ‘चुनावी घोषणापत्र पनि एउटै भएकाले दुई पार्टी (एमाले–माओवादी) मिल्छन् भन्ने कुरामा शंका नगर्नुहोस्’, प्रचण्डले भने, ‘केपी ओली, म, माधव नेपाल र नारायणकाजी श्रेष्ठ पार्टी एकताबाट पछि हट्यौँ भने हाम्रो राजनीतिक भविष्य सकिन्छ। पार्टी एकताको विषयमा हामी पछाडि फर्किदैनौँ, अघि बढ्छौँ।’

सँगै प्रचण्डले वाम एकता हुँदा देश विकास भएको हेर्न चाहने कांग्रेसका केही नेता समेत खुशी भएको दाबी समेत गरे। ‘वाम एकताको विषयलाई लिएर देशको विकास चाहने कांग्रेसका केही नेता पनि खुशी छन्’, प्रचण्डले भने।

कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नम्बर ३ की वाम गठबन्धनकी प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने आफ्नो योजना रहेको बताइन्। ‘ललितपुरलाई देशकै नमुना सहरको रुपमा विकास गर्नका निम्ति सांस्कृतिक राजधानी बनाउछौँ’, भुसालले भनिन्,‘पाँच वर्षभित्रमा ललितपुरका सबै सडक पिच भइसक्छन्।’

माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी भुसालले ललितपुरको विकास र समृद्धिका लागि आफू सदैव लागि पर्ने उद्घोष समेत गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.