पर्यटन व्यवसायी शाक्य भन्छन् : तपाई हार्यो भने देश हार्छ
काठमाडौं : चर्चित पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले नेकपा (एमाले)का महासचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का वाम गठवन्धनका साझा उम्मेदवार ईश्वर पोखरेल हारे देशले नै हार्ने प्रतिक्रिया दिएका छन्।
चुनावी भेटघाटको अन्तिमचरणमा रहेको अवस्थामा भएको भेटघाटका क्रममा पोखरेल शाक्यको घरमा पुगेका थिए। शाक्यले घरमा भित्र्याउँदै महासचिव पोखरेललाई खुलेरै प्रसंशा गर्दै जितका निम्ती महासचिव पोखरेललाई शुभकामना दिएका थिए। पोखरेलले भोट माग्न आएको हजुर भन्दै गर्दा शाक्यको भने– ‘तपाई हार्यो भने देश हार्छ, निश्चिन्त हुनुहोस् तपाई जित्नुहुन्छ बरु अग्रीम शुभकामना हैं !'
शाक्यको निवासबाट शुभकामना दिएर फर्किएपछि महासचिवलाई बधाई दिन नेपाल प्रहरीका पूर्व महानिरीक्षक खड्गजित बराल आफ्नो घरको गेटमा उभिएका थिए। बरालले ‘तपाईलाई अग्रिम शुभकामना हैं' भन्दैं मुठ्ठी उठाएर अभिभादन गरेका थिए। बरालले ‘जित सुनिश्चित छ भन्ने सुन्छु हजुर, मेरो पनि धेरै शुभकामना छ है' भन्दैं बिदा गरेका थिए।
महासचिव पोखरेलले खेलाडी तथा चिकित्सक डा. रमेश चोखानी, जर्नेल ताज बस्नेत, एकल महिला आन्दोलनकी नेतृ लिलि थापा तथा यस क्षेत्रमा बसोवास गर्दै आएका माडवाडी समुदायका अगुवाहरुसँगे भेटघाट गरेका थिए।