‘रक्सी र रुपैँयामा मत'

‘रक्सी र रुपैँयामा मत'

जनकपुरधाम : ट्रयाक्टरमा ठूलठूला डिजे साउण्ड बक्स त्यसमाथि लाउडस्पीकरमा चर्को स्वरमा बजिरहेको चुनावी प्रचारको फिल्मी धुनको गित र त्यसमाथि नाच्दैं गरेका मतदाता। रक्सीको नशामा मात्तिएका केही मतदाताहरुले दलको फिल्मी धुनको गितमा डिजे नाँचमा अभद्र हाउँभाउ देखाउँदै नाचिराख्दा उनीहरुलाई गितमा भनिएको दलको चुनावी एजेन्डासँग खासै मतलब भए जस्तो देखिएन्।

धनुषाको प्रतिनीधि सभा २ को यद्धुकोहा गाउँमा चुनावी प्रचारका लागि बालबालिकाहरुको हातमा झण्डा बोकाएर उनीहरुलाई ट्रयाक्टरमा बसाई नाच गराउँदै क्षेत्रमा घुमाउँदै गरेको देखियो। जिल्लाको दुर्गम क्षेत्र मानिने यस निर्वाचन क्षेत्रमा अहिले पनि मतदाताहरुलाई रक्सी र रुपैंयाको बलमा मत दिन उम्मेदवारहरुले प्रयोग गर्ने गर्छन्। १ लाख ६ हजार मतदाता रहेको यस निर्वाचन क्षेत्र अन्तर्गत औरही नगरपालिका, विदेह नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी नगरपालिकाको ४४ वटा वाड पर्दछ। यति धेरै मतदाता भएपनि विकासको गतिमा निकै पछाडी परेको क्षेत्र हो यो।

यस क्षेत्र अन्तर्गत पर्ने शहिद नगर नगपालिकामा १० वटा वडाहरु रहेका छन् जसलाई गाउँसंग जोड्न थुप्रै बाटोहरु निर्माण गरिएपनि ति सबैं कच्ची छन्। मात्र तीन किलोमिटर सडक कालोपत्रे छ त्यो पनि दुई वर्ष अगाडी मात्र भएको हो। क्षेत्रका ९० प्रतिशत सडक जिर्ण छन्। वर्षायाममा यहाँको गाउँहरुमा सदरमुकाम जनकपुरबाट पुग्न ठूलै आफत हुन्छ। वर्षामा हिलो र सुख्खामा धुलोको मार वर्षौदेखि खेप्दै आएका यस क्षेत्रका मतदातालाई उम्मेदवारले अहिले निर्वाचनको बेला दिईरहेको विकासे भाषण भन्दा पनि कुन दलले कतिको खर्च गरेको छ त्यसमा आकर्षण छ।

यदुकोहा ३ निवासी रामपरि मुखिया भन्छीन्, नेताहरुले सधैं सपना देखाउँछन्। हाम्रो बालबच्चाले आजसम्म राम्रो बाटो, राम्रो विद्यालय देख्न पाएका छैनन्। यस्तोमा उनीहरु मध्ये को राम्रो र कसलाई भोट दिने भन्दा जसले बढि खर्च गर्छ त्यसैलाई भोट दिने गरिएको छ। बाटोघाटोको समस्याका कारण यस क्षेत्रका गर्भवती महिलाहरु भगवानसँग सदैव प्रार्थना गर्छन् कि उनीहरुको प्रसुती वर्षायाममा नहोस्। स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकको अभावमा गर्भवती महिलाहरुलाई प्रत्येक वर्ष ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ। प्राकृतिक रुपमा बच्चा पाए ठिकै अन्यथा जनकपुरसम्म ल्याउँदा ल्याउँदै महिलाहरुलाई ठूलो सास्ती भोग्नु पर्छ।

निर्वाचन नजिकिंदै जाँदा गाउँहरुमा दिनहुं विभिन्न दलबाट भण्डारा हुने गरेको स्थानीय सुरेश यादवले बताए। दलहरुले मतदातालाई प्रभावित गर्न खसी काँटेर मासु र रक्शीको भोजनै गरिराखेका छन् यादवले सुनाए। सत्तामा बसेर अकुत सम्पत्ति कमाएका दलका उम्मेदवारहरुसँग मतदाताको अपेक्षा पनि निकै बढि छ। चुनाव जितेपछि नेताले आफ्नो गाउँठाउँको लागि के गर्छन् थाहा छैन् तर, अहिले चुनाव सम्म कम्तीमा राम्रो खाना, रक्सी र आर्थिक सहयोग पाईराखेकोमा मतदाता खुशी भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.