थारू मन्त्रीबीच रोचक प्रतिस्पर्धा

थारू मन्त्रीबीच रोचक प्रतिस्पर्धा

धनगढी : कैलाली ३ थारू बाहुल्य क्षेत्र हो । यो क्षेत्रमा यसपालि थारू समुदायकै दुई पूर्वमन्त्रीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।वाम गठबन्धनबाट माओवादी केन्द्रका गौरीशंकर चौधरी र लोकतान्त्रिक गठबन्धनबाट रामजनम चौधरी चुनावी मैदानमा छन् । गौरीशंकर पूर्व कृषिमन्त्री हुन् भने रामजनम पनि पटक-पटक मन्त्री भइसकेका छन् ।

‘एउटै समुदायका दुई मन्त्रीबीचको प्रतिस्पर्धा रोचक देखिएको छ’, क्षेत्र नम्बर ४ को घोडाघोडी नगरपालिकाका अम्बादत्त पाण्डेले भने । रामजनम चौधरी २०६४ सालमा कांग्रेसले टिकट नदिएको भन्दै रामजनम विजय गच्छदारको पार्टीमा गएर समानुपातिक सभासद बनेका थिए । पुराना कांग्रेसी राजमजनम यसपालि कांग्रेसमै फर्किएका हुन् । कांग्रेसमा रहेका बेला पनि रामजनम चौधरी त्यो क्षेत्रको हिरो हुन् । उनले २०४८ को आमनिर्वाचन, २०५१ सालको मध्यावधि र २०५६ सालको आमनिर्वाचनमा कांग्रेसका तर्फबाट अनवरत जिते ।

२०६४ सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव नलडे पनि रामजनम समानुपातिकमा सभासद चुनिए । झन् २०७० सालको निर्वाचनमा उनले कांग्रेसका आफ्नै सहयात्री नारायणदत्त मि श्रलाई ११ सय मतान्तरले पराजित गर्दै सभासद जिते । ‘मैले क्षेत्र ३ का लागि धेरै काम गरेको छु, त्यहाँको हिँड्न नसक्ने बाटोमा ग्राभेल गरेको छु, केही सडक अहिले कालोपत्रेको योजनामा परेका छन्’, उनले भने ।

वाम गठबन्धनका उम्मेदवार गौरीशंकर चौधरी तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा जनमुक्ति सेनाका कमान्डर हुन् । २०७० सालको निर्वाचनमा कैलाली ५ बाट लेखराज भट्टसहित सुदूरपश्चिममा कोही पनि नजितेका बेला गौरीशंकरले मात्रै साविकको क्षेत्र ४ बाट चुनाव जितेका थिए । ‘सुदूरपश्चिममा एक सिट पनि माओवादीले नजितेका बेला कैलालीबाट जित्ने एक्लो व्यक्ति हुँ,’ यसपालि त झन् वाम गठबन्धन भएको छ । मेरो जित निश्चित छ’, उनले भने ।

कैलाली ३ मा वाम गठबन्धनबाट पूर्वकृषिमन्त्री गौरीशंकर चौधरी र लोकतान्त्रिक रामजनम चौधरी चुनावी मैदानमा छन् ।

 

कैलाली ३ मा घोडाघोडी नगरपालिका पूरै, भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७, र ९ तथा कैलारी गाउँपालिकाका १, २, ३, ४, ५, ७ र ८ परेका छन् । यहाँ ४७ हजार ८९२ जना मतदाता छन्, तीमध्ये ५५ देखि ६० प्रतिशत थारू नै छन् । ‘रामजनमले थरुहट आन्दोलनपछि चटक्क आन्दोलन छोडेकाले पनि उहाँको मतदातामाझ त्यत्ति राम्रो हुन सकेको छैन’, गौरीशंकरको आरोप छ ।

टीकापुर घटनामा २५ जना जेलमा छन् । उनकै पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारू पनि कैलाली कारागारमा छन् । फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भए पनि लक्ष्मण थारू राजपामा गएका छन् । यसले पनि रामजनमप्रति थारुको ‘सेन्टमेन्ट’ कम हुने आंकलन गर्न थालिएको छ । तर रामजनम भने थरुहट आन्दोलनमा आफ्नो पूर्ण सहभागिता रहेको र सरकारमा गएका बेला हरसम्भव प्रयास गरेको दाबी गर्छन् । ‘सरकारमा गएका बेला पनि हामीले जेलमा भएकालाई छुटाउन धेरै प्रयास गर्‍यौं । टीकापुर घटनामा क्षतिपूर्ति दिलाउन सफल भयौं’, उनको तर्क छ ।

स्थानीय तहको मत परिणाम हेर्ने हो भने बाम गठबन्धन झन्डै साढे पाँच हजार मतले अगाडि छ । ‘हामी संगठनकै भोटमा साढे पाँच हजारले अगाडि छौं, त्यो पनि जित्ने आधार हो’, गौरीशंकरले भने।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.