कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सियो: देउवा

कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सियो: देउवा

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेको समावेशी संविधान खारेज गर्न बाम गठबन्धन लागेको टिप्पणी गरेका छन्।

प्रतिनिधि तथा प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारको क्रममा गृह जिल्ला डडेल्धुरा पुगेका देउवाले जिल्लाको गाङखेत, नवदुर्गा २ बडम, गन्यापधुरा ३ सकायल, वडा नं. २ बडालका चुनावी आम सभालाई सम्बोधन गर्दै वामगठबन्धन संविधानको खिलापमा रहेको बताएका हुन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमाले र माओवादीले अहिलेको संविधान च्यातेर निरंकुश शासन चलाउने संविधान बनाउने नियत राखेको आरोप लगाए।

उनले सबै समुदायको अधिकार र समृद्धिका लागि बनेको संबिधानलाई संशोधन गरेर एक दलीय सत्ता संचालन गर्ने कम्युनिष्टहरुको रणनीतिलाई विफल पार्न यो निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन मतदातालाई अपिल गरे।

सुदूरपश्चिमको विकासका लागि पश्चिममा रहेको पञ्चेश्वर र पूर्वमा कर्णाली तथा मध्य भागमा रहेको पश्चिम सेती निर्माण गर्ने प्रकृया अन्तिम चरणमा रहेकोले यस क्षेत्रको बेरोजगारीलाई ती आयोजनाको निर्माणबाट समाधान गर्न सकिने विश्वास उनले व्यक्त गरे।

देउवाले कांग्रेसको बहुमत आईहाल्छ कि भनेर एमाले तर्सिएको दावी गर्दै एमाले अध्यक्ष ओलीको छुद्र भाषा त्यसैको परिणाम भएको टिप्पणी गरे। देउवा प्रतिनिधिसभाका लागि डडेल्धुराबाट उम्मेदवार रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.