‘हिंसा फलाउनेमाथि कडा कारबाही'

‘हिंसा फलाउनेमाथि कडा कारबाही'

काठमाडौं: कांग्रेस नेता एवं उपप्रधानमन्त्री गोपलमान श्रेष्ठले केही समययता कांग्रेस उम्मेदवार लक्षित दर्जनौं हिंसात्मक घटनाप्रति राज्य संवेदनशील रहेको जनाउँदै सरकारले घटनाका दोषीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

उनले अन्नपूर्णसँग भने, ‘लोकतन्त्र र लोकतन्त्रवादीविरुद्ध भएको यस्ता कायरतापूर्ण घटनाको सरकार निन्दा गर्दछ । आगामी दिनमा मुलुकमा शान्ति र स्थायित्व कायम गर्न सरकारले बम र एम्बुसका डिजाइनरदेखि प्रयोगकर्तासमेतलाई कारबाहीको दायारामा ल्याउँछ।'

काठमाडौं क्षेत्र नं ४ का कांग्रेस उम्मेदवार गगन थापालक्षित बम विस्फोटको घटनालगत्तै प्रतिक्रिया जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई सरकारले कारबाही गर्नेछ।'

जनताको मतदानको अधिकार सुरक्षित गर्न सरकारले भयरहित वातावरणमा चुनाव गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।
घरदैलो कार्यक्रममा रहेकै बेला आफू लक्षित विस्फोटबाट संयोगले आफू बाँचेको प्रतिक्रिया गगनले दिएका छन्। उनले भने, ‘घरदैलो अभियान हिँडिरहँदा विस्फोट भयो।'

हिंसात्मक घटनाबाट आतंकित नहुन गगनले आफ्ना मतदातालाई अपिल गरेका छन्। उनले मतदातालाई अपिल गर्दै भनेका छन्, ‘ममाथि योजनाबद्ध तरिकाले आक्रमण भएको छ।'

आफूमाथि भौतिक आक्रमण भए पनि उनले मतदातालाई आतंकित नहुन र मतदानमा सहभागी हुन अपिल गरेका छन् । यो घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उनको प्रतिक्रिया थियो।

रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा गराइएका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी संलग्न रहेको दाबी गरे। रक्षामन्त्री प्रधानकै घरमा आइतबार बम भेटिएको थियो। उनले भने, ‘ निर्वाचनविरोधी गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गर्न सरकार सक्षम छ।'

विप्लव समूह वार्तामा आयो भने उनीहरूका कुरा सुन्न सरकार तयार रहेको जनाउँदै उनले भने, ‘संविधान ल्याउन विप्लव समूहको पनि भूमिका भएकाले आफूहरू वार्ताका लागि तयार रहेका हौं।'

‘नागरिकको अधिकारमाथि ठाडो उल्लंघन'
२४ घन्टायता कांग्रेस महामन्त्री एवं नवलपरासी जिल्ला प्रतिनिधिसभा १ नं क्षेत्रका उम्मेदवार डा.शशांक कोइराला, उपप्रधानमन्त्री एवं स्याङ्जा २ नं क्षेत्रका उम्मेदवार गोपालमान श्रेष्ठ, काठमाडौं ६ नं क्षेत्रका उम्मेदवार रक्षामन्त्री भीमसेन दास प्रधान, काठमाडौं ४ नं क्षेत्रका उम्मेदवार गगन थापा, नेपाल महिला संघकी केन्द्रीय सदस्य मञ्जु खाण लक्षित बम आक्रमणका घटनाप्रति कांग्रेसले चिन्ता व्यक्त गरेको छ।

कांग्रेस महामन्त्री डा.कोइरालाको प्रचारमा प्रयोग भएको लालकुमार श्रेष्ठको कारमा आइतबार राति आगजनी भएको छ।

केन्द्रीय सदस्य, उपप्रधान श्रेष्ठ स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ८ को ढापुक सिमल भञ्ज्याङ्मा भएको चुनावी सभालाई सम्बोधन गरी फर्कने क्रममा ढापुकफेदीको बाटोमा उनी चढेको सवारी साधनलाई लक्ष्य गर्दै आइतबार बेलुकी बम प्रहार भएको थियो।

यसैगरी, रक्षामन्त्री प्रधानको ठमेल ज्याठास्थित घरमा आइतबार बम भेटिएको थियो। कांग्रेसका समानुपातिक उम्मेदवार मञ्जु खाण लगायतमाथि आक्रमण भएको कांग्रेसले जनाएको छ।

कांग्रेसले लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्रविरोधी तत्वले सुनियोजित तवरबाट शृंखलाबद्ध रूपमा आक्रमण गरिरहेको आरोप लगाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्ना नेता, उम्मेदवार एवं कार्यकर्ताको हत्या गर्ने मनसायले गरिएको अक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दै विज्ञप्ति प्रकाशन गरेका छन्।

शान्तिपूर्ण एवं निर्वाध निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन गर्ने÷गराउनेलाई तत्काल कडा कारबाही गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग कांग्रेसले माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.