नारायणगोपाल स्मृति दिवस

नारायणगोपाल स्मृति दिवस

काठमाडौं : नारायणगोपालको २७ औं स्मृति दिवसका अवसरमा हरेक वर्षजस्तै नारायणगोपाल संगीत कोषको प्रांगणमा उनका अमर गीत गुञ्जिए । नारायणगोपालको अर्केस्ट्रा संगीत सपना पूरा गर्दै संगीत प्रशिक्षक राजकुमार श्रेष्ठको संयोजकत्वमा हरेक वर्ष सांगीतिक कार्यक्रम आयोजना हुन्छ । यसपालिको कार्यक्रम अघिल्ला वर्षका भन्दा केही फरक थियो ।

नारायणगोपाललाई आफ्नो ठान्नेहरूको संलग्नतामा सञ्चालन भइरहेको नारायणगोपाल संगीत कोष काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । संगीत कोषकी महासचिव उषा शेरचनले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई संगीत कोष हस्तान्तरण गरेकी हुन् ।


सोही अवसरमा अडिटोरियम हलसहितको नयाँ भवन ‘गीतगंगा’ निर्माण गर्ने घोषणा मेयर शाक्यले गरे । कोषको भवनमा अलिहे सञ्चालन भइरहेको अर्केस्ट्रा संगीत प्रशिक्षण नयाँ भवनमा वृहत् रूपले सञ्चालन हुनेछ । कार्यक्रममा संगीत क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई २५ हजार रुपैयाँ नगदसहितको सम्मान प्रदान गरियो । राष्ट्रकवि माधव घिमिरे, गीतकार चेतन कार्की, कालीप्रसाद रिजाल, किरण खरेल, भैरवनाथ रिमाल, यादव खरेल, दुर्गालाल श्रेष्ठ, कञ्चन पुडासैनी, मानबहादुर मुखिया, सिके रसाइली, रत्नशमशेर थापा र नगेन्द्र थापालाई सम्मान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.