४0 स्थानको परिणाम आउन बाँकी
काठमाडौं : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६५ मध्ये अधिकांश क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। आइतबार ११ बजेसम्म १ सय २४ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अब ४१ स्थानमा अन्तिम परिणाम आउन बाँकी छ।
कुल १ सय २४ स्थानको मतपरिणाम आउँदा ६८ स्थानमा एमालेले जितेको छ। २६ सिट जितेर माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने कांग्रेसले १४ सिट जितेको छ। अन्य दल तथा स्वतन्त्रले १६ सिट जितेको छ।
त्यसैगरी, अग्रता पनि एमालेले नै लिएको छ। एमालेले १२ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्र र कांग्रेसले ९ र ८ स्थानमा अग्रता लिएको छ। अन्य दलले १५ स्थानमा अग्रता लिएका छन्।
प्रदेशसभातर्फ आइतबार रातिसम्मको मतगणनाअनुसार एमालेले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ ५० प्रतिशतभन्दा बढी स्थानमा जित हात पारेको छ।
त्यसैगरी, प्रदेशसभातर्फ २ सय ५० क्षेत्रको परिणाम आउँदा १ सय ३१ क्षेत्रमा एमालेले जितेको छ। माओवादीले ५९, कांग्रेसले ३२ र अन्य दलले २८ प्रदेशसभामा जित हात पारेको छ। यस्तै, प्रदेशसभातर्फ एमाले २४, माओवादी केन्द्र १०, कांग्रेस १० तथा अन्य दलले १७ स्थानमा अग्रता कायम गरेका छन्।