तेह्रथुमको तीनै सिटमा वाम–गठबन्धन विजयी
तेह्रथुम : तेह्रथुममा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन्। खापुङले नेपाली कांग्रेसकी सीता गुरुङलाई २ हजार २१ मतले पराजित गरे।
खापुङले २१ हजार ३ सय ३५ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सीता गुरुङले १९ हजार ३ सय १४ मत गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेशसभा क मा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी र ख मा पूर्व जिल्ला अध्यक्ष तेजमान तन्दङ्वा विययी भएका छन्। क मा तिवारीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मत अन्तरले पराजित गरे। तिवारीले ११ हजार ७ सय २६ र ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन्।
उता ख मा तेजमान कन्दङवाले प्याव्सन केन्द्रय अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलार्ई २ हजार २ सय ५५ मतान्तरले पराजित गरेका हुन्। कन्दङवाले १० हजार ३ सय २ तथा सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। समानुपातिकतर्फको मतगणना १० बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद पराजुलिले बताए।