प्रदेश २ मा एमालेलाई दुर्इ सिट मात्रै
काठमाडौं : अन्य प्रदेशमा उल्लेखनीय जित हासिल गरेको वाम गठबन्धनको ठूलो दल एमाले २ नं प्रदेशमा निकै कमजोर देखिएको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३२ सिटमा जम्मा २ सिट मात्रै जित्न सकेको छ ।
प्रदेश २ मा एमालेकातर्फबाट धनुषा–४ मा रघुबीर महासेठ, र सिराहा –३ मा लिलानाथ श्रेष्ठले मात्रै जित हात पार्न सफल भएका छन्। प्रदेश २ का ३२ प्रतिनिधिसभाका सिट मध्ये एमालेलाई १५ र माओवादीलाई १७ हुने गरी भागवण्डा गरिएको थियो। प्रतिनिधिसभाको प्रत्यक्षमा समग्रमा दुई तिहाइ सिटमा जित हात पारेको वाम गठबन्धनले यस प्रदेशमा एक चौथाई पनि पु¥याउन सकेन।
स्थानीय तहको निर्वाचनमा २ नं प्रदेशमा पहिलो भएको कांग्रेस पनि ६ सिट मै सीमित भयो । दुई मधेस केन्द्रित दल राजपा र फोरमले तालमेल गरेपछि यहाँ तीन ठूला दल खुम्चिन पुगेका हुन् । केही निर्वाचन क्षेत्रमा कांग्रेस र मधसी दलकोसमेत तालमेल थियो ।
२ प्रदेशमा राजपाले सबैभन्दा बढी १० सिटमा जित हात पारेको छ । फोरमले ९, कांग्रेसले ६, माओवादीले ५ र एमाले २ सिटमा जित दर्ता गरेका छन् ।
प्रदेश २ को प्रतिनिधिसभा प्रत्यक्षतर्फको नतिजा
एमाले
०१, रघुबीर महासेठ, धनुषा - ४
०२, लिलानाथ श्रेष्ठ। सिराहा - ३
०१.सुरेश चन्द्र दास, सिराहा - २
०२.रामेश्वर राय यादव, सर्लाही - ३
०३.प्रभु साह रौतहट - ३
०४.मातृका प्रसाद यादव, धनुषा - १
०५.गिरिराजमणि पोखरेल, महोत्तरी - १
कांग्रेस
०१.देव प्रसाद तिमलसेना, रौतहट - ४
०२.अमरेशकुमार सिह सर्लाही - ४
०३.तेजुलाल चौधरी सप्तरी - ४
०४.उमाकान्त चौधरी बारा - १
०५.आलम मोहम्मद, रौतहट - २
०६.प्रदिप गिरी सिराहा - १
फोरम
०१, डा. सूर्यनारायण यादव, सप्तरी - १
०२,रामसहाय प्रसाद यादव,बारा - २
०३.प्रदिप यादव, पर्सा - १
०४. बिमल प्रसाद श्रीवास्तव, पर्सा - २
०५.रामवावु कुमार यादव,बारा - ३
०६.सुरेन्द्र कुमार यादव, महोत्तरी - ४
०७.हरिनारायण प्रसाद सा रौनियार, पर्सा - ३
०८.उपेन्द्र यादव, सप्तरी - २
०९.उमाशंकर अरगरिया,धनुषा - २
राजपा
०१.राजकिशोर यादव, सिराहा - ४
०२.शरत सिंह भण्डारी, महोत्तरी - २
०३.राजेन्द्र महतो, धनुषा - ३
०४.प्रमोद साह, सर्लाही - १
०५.महन्थ ठाकुर, महोत्तरी - ३
०६.लक्ष्मण लाल कर्ण, पर्सा - ४
०७.महिन्द्र राय यादव, सर्लाही - २
०८.एकवाल मियाँ, बारा - ४
०९.चन्द्रकान्त चौधरी, सप्तरी - ३
१०.अनिल कुमार झा,रौतहट - १