शाकाहारी प्रवर्द्धनका लागि दिपाश्रीसँग डिनर
काठमाडौं: शाकाहारी प्रवर्द्धन गर्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको नेपाल शाकाहारी संघले कलाकार दिपाश्री निरौलासँग ‘सेलिब्रिटीसँग डिनर कार्यक्रम' गर्दैछ।
काठमाडौं, कमलादीको गन्गौर रेस्टुरेन्टमा शुक्रबार साँझ सो कार्यक्रम हुने नेपाल शाकाहारी संघका उपाध्यक्ष्य कृष्ण गुरुङले बताए। ‘स्वास्थ्य, अध्यात्म र करुणाका दृष्टिले शाकाहार उचित भएकाले यसको प्रवद्र्धन आवश्यक छ', गुरुङले भने, ‘निरौलाजी एक सक्षम र चर्चित कलाकार भएकाले पनि उहाँजस्ता व्यक्तिमार्फत शाकाहारी प्रवद्र्धन सहज हुन्छ।'
निरौला शाकाहारी हुन्। शाकाहारी र मांशाहारी व्यक्ति जोसुकैले कार्यक्रममा भाग लिनसक्ने गुरुङले जानकारी दिए।