सुनसरी ३ मा पुनः मतदानको माग गर्दै इनरुवामा एमालेकाे प्रदर्शन

सुनसरी ३ मा पुनः मतदानको माग गर्दै इनरुवामा एमालेकाे  प्रदर्शन

धरान : सुनसरी क्षेत्र नम्बर ३ मा पुनः मतदानको माग गर्दै एमाले कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रर्दशन गरेका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राज्यको शक्तिकाे दुरुपयाेग गरेर एमाले नेतृ भगवती चौधरीलाई पराजित गरेको भन्दै इनरुवामा हजाराै‌ एमाले कार्यकर्ता निर्वाचन परिणामको विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

भगवती सर्मथकहरुले इनरुवा बजारमा विरोध प्रर्दशन गरेपछि इनरुवाको जनजीवन प्रभावित बनेको छ। बुधबार सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी कांग्रेस नेता गच्छदारसँग ३ सय २१ मतको झिनो मतअन्तरले पराजित भएकी थिइन्। पराजितको पीडा बेहोरेकी चौधरीले गच्छदारले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीलाई खरिद गरेर चुनावी नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाउँदै आएकी छन्। बुधबार नै निर्वाचन आयोगको मत परिणामलाई अस्वीकार गरी उनले कानुनी उपचारका लागि अदालतमा जाने बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी छन्। भगवतीले अन्नपूर्णसँगको टेलिफोन सम्पर्कमा निर्वाचन आयोगमा पुनः मतदान गराउन र निर्वाचन अधिकृतलाई कारवाही गरी नयाँ निर्वाचन अधिकृत नियुक्ति गर्न माग गर्दा समेत वास्ता नगरेपछि कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएको बताएकी छन्।

एमाले कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएपछि इनरुवामा तनाव उत्पन्न भएको छ। हजारौंको संख्यामा उपस्थित भएका एमाले कार्यकताले उपप्रधानमन्त्री गच्छदार र निर्वाचन अधिकृत टिकाभुषण घिमिरे विरुद्ध नाराबाजी गरिरहेका छन्। स्थिति साम्य पार्नका लागि चोक चोकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिए पनि भीड नियन्त्रण भने हुन नसकेको छैन्। कांग्रेस सुनसरी सभापती राजिव कोइरालाले पराजित मानसिकताका कारण एमाले नेतृ भगवती चौधरीले कार्यकर्ता उतारेर विरोध पर्दशन गरेको बताए। उनको जनमतको कदर गर्न नसक्ने चौधरीले अराजनैतिक गतिविधि सिर्जना गरेको पनि आरोप छ।

ratna


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.