प्रत्यक्षमा शून्य कांग्रेस समानुपातिकमा पहिलो

प्रत्यक्षमा शून्य कांग्रेस समानुपातिकमा पहिलो

संखुवासभा : जिल्लामा प्रत्यक्षबाट प्रतिनिधिसभातर्फ एक र प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जिते। प्रतिनिधिसभा सदस्यमा एमालेका राजेन्द्र गौतम विजयी भएका छन्। प्रदेशसभातर्फ क्षेत्र नम्बर (१)मा माओवादी केन्द्रका पूर्णप्रसाद राई र (२) मा एमालेका तुलसी न्यौपाने विजयी भएका छन्। प्रत्यक्षतर्फ कांग्रेस शून्य नै भयो तर समानुपातिक निर्वाचन प्रणालीमा भने पहिलो बनेको छ।

बुधबार राति सार्वजनिक समानुपातिकतर्फको अन्तिम मतपरिणामअनुसार कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा (१) मा पहिलो भएको हो। प्रदेशसभा (२) मा भने एमालेले पहिलो स्थानमा समानुपातिक मत प्राप्त गरेको छ।

प्रतिनिधिसभातर्फ ६९ हजार दुई सय ४६ मतमध्ये कांग्रेसले २६ हजार नौ सय ९०, एमालेले २५ हजार नौ सय १४, माओवादी केन्द्रले पाँच हजार नौ सय ४८, राप्रपाले एक हजार सात सय १५ र संघीय समाजवादी फोरमले आठ सय १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिएका छन्। प्रतिनिधिसभातर्फ पाँच हजार आठ सय ८२ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर (१) मा ३३ हजार चार सय ९६ मत खसेकामा कांग्रेसले १२ हजार ६ सय चार, एमालेले १० हजार ६ सय ८२, माओवादी केन्द्रले चार हजार ६, राप्रपाले दुई सय ५० र संघीय समाजवादी फोरमले चार सय ७४ मत प्राप्त गरेका छन्। चार हजार चार सय ६ मत बदर भएको छ।

प्रदेशसभा (२) ३५ हजार तीन सय ९७ मत खसेकामा १३ हजार ६ सय २३ मत प्राप्त गरी एमाले पहिलो भएको छ। कांग्रेसले १२ हजार ६ सय ६३, माओवादी केन्द्रले दुई हजार ६ सय २३, राप्रपाले नौ सय ६९ र संघीय समाजवादी फोरमले दुई सय ८३ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा चार हजार तीन सय ७३ मत बदर भएको छ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा ४९ दलको सहभागिता रहेकामा प्रदेशसभा (१) र (२) मा भने २७-२७ दल थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.