पोखरेलले भने, 'सरकार र पार्टीको नेतृत्व ओलीले गर्नुहुन्छ'

 पोखरेलले भने, 'सरकार र पार्टीको नेतृत्व ओलीले गर्नुहुन्छ'

काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणपश्चात् केपी शर्मा ओली नै पार्टी अध्यक्ष हुने स्पष्ट पारेका छन्। सरकार गठन र पार्टी एकीकरण संगसंगै हुने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष ओली नै हुने दावी गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा महासचिव पोखरेलले भने, ‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै द्विविधा छैन।' उनले निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यकतालाई हेर्दा पनि ओली नै प्रधानमन्त्री हुनेमा विवाद नहुने तर्क पनि गरे।

सरकार गठनको प्रक्रिया र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने विश्वास गर्दै थपे,‘वाम गठबन्धनको पक्षमा लगभग दुई तिहाई मत आएको छ। हामीले सरकार गठन र पार्टी एकतालाई सँगसँगैअघि बढाउने गरी छलफल सुरु गरेका छौं, फर्मल बोल्ने कुरा एउटा हो, हामी निश्कर्षमा छलफलबाट नै पुग्छौं ।'

उनले दुई पार्टीबीचको एकताले छिट्टै पूर्णता पाउने स्पष्ट पारे। उनले भने, ‘एकताको प्रक्रियाको कुरा जहाँसम्म छ, असोज १७ गते एकता घोषणापत्र जारी भयो, त्यहाँ हामीले विधिवत रुपमा सबै कुरा उल्लेख गरेका छौं । एकता संयोजन समिति पनि बनाएका छौं । कबुल गरिएको आधारमा संयुक्त चुनावी घोषणापत्र पनि जारी भयो। हामी दुवै पार्टीका सपना र सकंल्पहरु पनि छन् । एकताको दिशामा अघि बढ्नको लागि यो महत्वपूर्ण कुरा हो । संयोजन समितिले काम गरिरहेको छ ।'

एकताको लागि संयुक्त ड्राफ्ट तयार भैरहेकोले एक दुइ दिनभित्रै यसलाई टुंगोमा पुर्‍याइने उनको भनाई थियो । उनले थपे,‘नीतिगत आधारमा उभिएर हामी संगठनात्मक पूर्नसंरचना गर्नुपर्छ भनेर खुल्ला हृदयका साथ छलफल गर्छौं । ओपन माईण्डबाट छलफल गर्नुपर्छ । नीतिगत आधारहरु प्रष्टसँग प्रस्तुत गरेका छन् । संगठनात्मक पूर्नव्यस्थापन गर्दै हामी देश र जनतालाई अगाडि राखेर काम गर्छौं।'

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.