डा.शेखर कोइरालाको प्रस्ताव : राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलौं

डा.शेखर कोइरालाको प्रस्ताव : राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलौं
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनैतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

आइतबार मोरङको बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा.कोइरालाले निर्वाचन प्रणाली सुधार र आर्थिक विकास तथा सुशासनका एजेण्डामा कांग्रेस र  एमाले एक भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा राजनैतिक स्थिरता कायम हुन नसकेको दाबी गरे।  उनले राजनैतिक स्थिरता नभएसम्म विकास समृद्धि, आर्थिक विकास र सुशासन कायम हुन नसक्ने धारणा राखे।

बुढीगंगा गाँउपालिका वडा नं. ५ मा निर्माण हुन लागेको प्रशासनिक भवनका लागि स्थानीय सौहार्द कार्कीले ८ कट्ठा २ धुर जग्गा निशुल्क उपलब्ध गराएका थिए। करिब ११ करोड ८६ लाख रुपैयाको लागतमा निर्माण हुने बुढीगंगा गाउँपालिकाको प्रशासनिक भवनका लागि गाँउपालिकाले चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.