प्रादेशिक राजधानीको माग गर्दै धनकुटावासी आन्दोलनमा

प्रादेशिक राजधानीको माग गर्दै धनकुटावासी आन्दोलनमा

धनकुटाः प्रदेश नं १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन्। करिव दुई सय वर्ष अघि देखि प्रशासनिक केन्द्र रहेको धनकुटालाई भौगोलिक रुपले प्रादेशिक राजधानी उपयुक्त भएको भन्दै धनकुटावासीले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनको अगुवाइ धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले गरेका छन्। प्रादेशीक मन्त्रालयका लागि भौतिक संरचना र प्रशस्त सरकारी जमिन रहेकाले धनकुटालाई राजधानी घोषणा गर्न धनकुटावासीले माग गरेका छन्।

प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलन थालेका स्थानीयले मैनवत्ति र्याली, स्वतस्फूर्त बजार र यातायात बन्द विरोधका कार्यक्रम सार्वजनिक गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.