नसुध्रिए कांग्रेसको पतन हुन्छ : महतो

नसुध्रिए कांग्रेसको पतन हुन्छ : महतो

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित सांसद राष्ट्रिउ जनता पार्टी (राजापा) नेता राजेन्द्र महतोले कांग्रेसको भय त्रासको राजनीतिको जनकपुरमा अन्त भएको बताएका छन्। निर्वाचित भएपछि शुक्रबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै रजापा अध्यक्ष मण्डलका सदस्य नेता महतोले यस्तो बताएका हुन्।

‘कांग्रेसले चुनाव अघि पनि भय त्रासको राजनीति गरिरहेको थियो र अहिले पनि भय त्रासकै राजनीतिको सहारामा छ’, ‘कांग्रेसको यस प्रकारकै राजनीतिको कारण जनताले निर्वाचनमा सवक सिकाएका छन्। अहिले पनि कांग्रेस नसुध्रिए कांग्रेसको राजनीतिक पतन हुनेछ।’

मधेसी जनतालाई अधिकार चाहिएको हुनाले जनताले राजपालाई विश्वास गरेर प्रदेश नम्बर दुईमा भारी बहुमतका साथ जिताएको उनको भनाइ छ।

नेता महतोले अहिले नै सरकारमा जाने वातावरण नबनेको स्पष्ट पादै सरकार बनाउने पार्टीको भूमिका र मधेसप्रतिको व्यवहार हेरेर मात्र सरकारमा जाने उल्लेख गरे। मधेसी गठबन्धनको निर्णय आधारमा प्रदेशको सरकार बन्ने बताउँदै उनले भने, ‘सहमती अनुसार नै प्रदेशको मुख्यमन्त्री बन्ने छ।

संघीय समाजवादी फोरमसँगको पार्टी एकताको प्रयास जारी रहेको बताउँदै सांसद महतोले एकता हुने सम्भावना बढेर गएको बताए। संघीयतामा प्रान्तको सीमा संख्या र नाम परिवर्तन हुने भएकोले दबाब सिर्जना भएपछि सीमांकनको समस्या आफै सामाधान हुने उनको भनाइ। उनले भने, ‘सीमांकनको लडाई अहिले पनि जारी छ जनताको माग अनुसार परिवर्तन भइ रहन्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.