भत्कियो ‘मधेसी गढ’

भत्कियो ‘मधेसी गढ’

 

काठमाडौं : कांग्रेस पूर्वसभापति सुशील कोइरालाको गृहनगरबाट प्रतिनिधिसभामा निर्वाचित भएकोमा संघीय समाजवादी फोरमका उम्मेदवार मोहम्मद इस्तियाक राई गर्व गर्छन् । तर, उनी खिन्न पनि छन्, कपिलवस्तु ३ मा फोरमबाट उम्मेदवारी दिएका मंगलप्रसाद गुप्ता पराजित भएकोमा । भन्छन्, ‘वाम र लोकतान्त्रिक गठबन्धनका कारण पश्चिम तराईबाट अपेक्षा गरेअनुरुप परिणाम ल्याउन सकेनौं ।’

नेपालगन्ज उपमहानगर समेटिएको बाँके २ बाट राई झन्डै पाँच हजार मतान्तरको फरक पारेर निर्वाचित भए । उनले राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरेका पशुपतिदयाल मि श्रलाई पराजित गरेका हुन् । वाम गठबन्धनबाट एमालेको चुनाव चिह्न सूर्य लिएर मि श्र चुनावी मैदानमा उत्रिएका थिए । यो क्षेत्रबाट ०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस पूर्वसभापति कोइराला निर्वाचित भएका थिए ।

प्रदेश २ मा मात्र सीमित भएको फोरमलाई इस्तियाकको विजयले प्रदेश ५ सम्म विस्तार गरेको छ । प्रदेश ५ मा पश्चिम नवलपरासीदेखि बर्दियासम्म तराईका ६ जिल्ला पर्छन् । यी जिल्लाका १८ वटा क्षेत्रमध्ये मधेसवादी दलको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा बाँकेबाट राईले मात्र निर्वाचन जितेका छन् । १७ वटा क्षेत्रमा ठूला दल एमाले, माओवादी र कांग्रेससँगै राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभाका ३६ स्थानमा फोरमले तीन स्थान मात्र जितेको छ । संघीय फोरमले प्रतिनिधिसभामा एक र प्रदेशसभामा तीन सिट जित्दा राष्ट्रिय जनता पार्टीको अवस्था शून्य छ ।

संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा एक र प्रदेशसभामा तीन सिट जित्दा राजपा शून्यमा सीमित भयो ।

विगतका निर्वाचनमा फोरमबाट कपिलवस्तुमा जित्दै आएका पूर्वउपमहासचिव अभिषेकप्रताप शाह ‘पारिवारिक लिगेसी’ भन्दै यसपटक कांग्रेसमा प्रवेश गरे । गत संविधानसभा निर्वाचनमा उनी फोरमबाट उम्मेदवारी दिँदै निर्वाचित भएका थिए । तर, यसपटक उनी कांग्रेसबाट कपिलवस्तु ३ मा विजयी भए । उनले आफ्ना पूर्वसहकर्मी फोरमका मंगलप्रसाद गुप्तालाई पराजित गरे ।

प्रतिनिधिसभामा निर्वाचित फोरमका ९ जना सांसद प्रदेश २ कै छन् । फोरमको राजनीतिक समिति (पोलिटब्युरो सदस्य) राई भन्छन्, ‘मधेसवादी दलको पश्चिम क्षेत्रमा किन यस्तो जनादेश प्राप्त भयो, त्यसको जवाफ मसँग छैन ।’ कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई फोरमले बलियो आधार क्षेत्रका रूपमा लिएको थियो । तर, उम्मेदवारहरू प्रतिनिधिसभाको चुनावी मैदानमा सफल हुन सकेनन्।

लगातार तीनपटक नवलपरासीबाट सांसदमा विजयी हृदयेश त्रिपाठी चौथोपटक चुनावी मैदानमा देखिँदा सूर्य चिह्नकै भर पर्नुपर्‍यो । उनले राजपाबाट विद्रोह गरी एमालेसँग गठबन्धन गरेर उठेका थिए । उनी नवलपरासी पश्चिम १ बाट विजयी भएका छन् । त्रिपाठीसँगै राजपाबाट विद्रोह गरेका वृजेशकुमार गुप्ता पनि कपिलवस्तु २ बाट सूर्य चिह्न नै लिएर विजयी भए।

राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार प्रदेशमा निकटतम प्रतिस्पर्धीसमेत बन्न सकेनन् । राजपाका उपाध्यक्ष विजयकुमार गुप्ता बाँके २ मा चौथो स्थानमा रहे । स्थानीय निर्वाचनमा पार्टीले भाग नलिनु मुख्य कमजोरी भएको उनी बताउँछन् । ‘स्थानीय निर्वाचनमा भाग नलिँदा त्यसको क्षति अहिले व्यहोर्नुपर्‍यो । स्वतन्त्र समूहका रूपमा पार्टीका नेताहरू ठूला पार्टीतिर गठबन्धन गर्न जाँदा त्यसको असर पनि पर्‍यो’, उनले भने । प्रदेशसभामा त राजपाका कतिपय उम्मेदवारले जमानत जोगाउनसमेत सकेनन् ।

राजनीतिक विश्लेषक डा. जनार्दन आचार्य पूर्वीतराईको तुलनामा पश्चिम तराईमा मधेसकेन्द्रित दलको जनाधार खस्किएको बताउँछन् । राजनीतिशास्त्रका प्राध्यापक आचार्य भन्छन्, ‘मधेसवादी नेताले कहिले कुन पार्टी त कहिले कुन पार्टीमा प्रवेश गर्ने प्रवृत्ति देखिएपछि जनता पनि मूल पार्टीतर्फ नै आकर्षित भए ।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.