एघार हजार बालबालिका कुपोषणको शिकार

एघार हजार बालबालिका कुपोषणको शिकार

जलेश्वर : महोत्तरीका ११ हजार बालबालिका कुपोषणको शिकार भएका छन् । १ हजार ८ सय ८८ बच्चामा शिघ्र कुषोणको समस्या देखिएको छ भने, ९ हजार बच्चामा मध्य कुपोषणको जटिलता फेला परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए । ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषित छन् ।

जनस्वास्थ्य निरीक्षक झाका अनुसार, शिघ्र कुपोषण भएका पाँच सय बालबालिका स्वास्थ्य कार्यालयको सम्पर्कमा छन् भने अन्यको खोजी भइरहेको छ । कुपोषण ग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको, उमेर अनुसार तौल र उचाई नबढेको बताइएको छ । कुपोषित बच्चालाई सुपोषित बनाउन अभियान संचालन गरिने समेत जनाइएको छ ।

‘सामान्य अवस्थाका बच्चा भन्दा शिघ्र कुपोषण भएका बालबालिकाको मृत्युको संभावना नौ गुणा बढी हुन्छ भने कुपोषणको जटिलता झेलिरहेका बच्चाको मृत्यु ३ गुणा बढी रहन्छ,’ जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख राजिवकुमार झा भन्छन्, ‘पहिलो चरणमा शिघ्र कुपोषण भएका बालबालिकालाई पौष्टिक आहार वितरण गर्ने योजनामा छौं । ’

महोत्तरीका ११ स्थानमा पोषण युनिटको स्थापना गर्न लागिएको छ । बर्दिबास, लोहारपट्टी, रामगोपालपुर, गौशाला, पिपरा, एकडारा, बलवा, समरदही, विजलपुरा र जिल्ला अस्पताल जलेश्वरमा कुपोषित बच्चाको हेरचाह गर्न स्वास्थ्य कार्यालय पोषण युनिट खडा हुनेछ । पोषण युनिटबाट बच्चालाई तालिका अनुसार तौल हेर्ने पोषिलो आहार खुवाउने र आवश्यक उपचारको व्यवस्थान गर्न लागिएको हो ।

कुपोषण मुक्त महोत्तरी बनाउन जिल्ला भरीका स्वंयसेवीका एवं स्वास्थ्यकमीलाई पोषण सम्बन्धी तालिम चलिरहेको समेत बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.