ओलीलाई जापानी राजदूतको बधाई

ओलीलाई जापानी राजदूतको बधाई

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले बधाई दिएका छन्। वाम गठबन्धनले बहुमत ल्याएपछि त्यसको नेतृत्वकर्ता ओलीलाई उनकै निवास बालकोट पुगेर राजदूत ओगावाले बधाई दिएका हुन्।

शनिबार भएको भेटमा ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए। आफूले भ्रष्टाचार न्यूनिकरण, विकास, समृद्धि, पारदर्शीता जस्ता कुरालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ओलीले भने, ‘हामी लोकतन्त्रका आधारभूत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिबद्ध छौं।’

ओलीले आगामी सरकार असमानता, गरिबी, सामाजिक विभेद जस्ता नेपाली समाजका वेथिती हटाउन प्रयासरत रहने बताए।

जापानबाट आफूले सदाजस्तै विकास निर्माण, सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगहको अपेक्षा गरेको ओलीले बताए। ओलीले भने, ‘हामी सबै अन्तराष्ट्रिय छिमेकीको साथ सहयोग लिएर अघि बढ्न तयार छौं। ’

राजदूत ओगावाले नेपालमा अब स्थायी सरकार निर्माण हुने अपेक्षा आफूले गरेको बताए। उनले नेपालको विकास निर्माणमा जापानले विगतदेखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.