फोरम-राजपाको ध्यान सरकारमा

फोरम-राजपाको ध्यान सरकारमा

 

काठमाडौं : प्रदेश २ को प्रदेशसभामा पूर्ण बहुमत ल्याएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको अर्को साता बस्ने बैठकले प्रदेस सरकार प्रमुख र सरकारको कार्य योजनालगायत विभिन्न विषयमा निर्णय गर्ने भएको छ ।मंसिर १० र २१ गते भएको चुनावमा देशभर प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ४० सिट जितेको संघीय फोरम-राजपा गठबन्धनले दुवै संसदको समानुपातिक निर्वाचनमा पनि राम्रो मत ल्याएका छन् । प्रदेशसभातर्फ समानुपातिक मतपरिणाम अनुसार राजपाले १० र फोरमले १० सिट पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार शनिबार रातिसम्म समानुपातिकतर्फ संघीय फोरमले ४ लाख ६८ हजार ३ सय ९९ र राजपाले ४ लाख ६८ हजार ३ सय ४६ मत पाएका छन् । प्रदेस २ मा प्रतिनिधिसभा तर्फ ३२, प्रदेससभाको प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कूल १ सय ७ सिट छन् । यसमध्ये राजपा र संघीय फोरमले प्रदेशसभामा ३५ सिट जितेको र दुवैले समानुपातिक तर्फ १९ सिट पाउँदा कूल ५४ सिट हुनेछ । १ सय ७ मा ५४ सिट गठबन्धनले पाउँदा सरकार गठन गर्न सहज भएको संघीय फोरम-राजपा नेता बताउँछन् ।

राजपा अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले प्रदेस २ को सरकार र कार्ययोजना तयार पार्न अनौपचारिक गृहकार्य थालिसकेको बताए । उनले भने, ‘प्रदेश २ को सरकार गठन गर्न हामीले बहुमत ल्याईसकेका छौं ।’ प्रतिनिधिसभा, प्रदेशसभा प्रत्यक्ष र समानुपातिक मत परिणाममा शनिबार सांँझसम्म अगाडि रहेको एमालेसँग मधेसको सम्बन्ध कस्तो हुन्छ भन्ने जिज्ञासामा यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा सम्बोधन हुने गरी संविधान संशोधन गर्न एमाले तयार भए सकारात्मक अन्यथा यथास्थितिमै रहन्छ ।’

एमाले नेतृत्वमा बन्ने सरकार मधेसका मुद्दामा लचकदार नभए ठूलै मूल्य चुकाउनु पर्ने चेतावनी पनि उनले दिए । प्रदेश २ को सरकार संघीय फोरम-राजपा गठबन्धनको नेतृत्वमा गठन हुने जानकारी एमालेलाई भएकाले सिंगो मुलुकको एकताका लागि पनि मधेस र मधेसीका मागप्रति एमालेको दृष्टिकोणमा परिवर्तन हुने विश्वास आफ्नो रहेको उनले बताए । यादवले भने, ‘एकाध व्यक्तिलाई चुनाव जित्न सहज भूमिका खेलेको हिसाबमा एमाले मधेसी गठबन्धनसँग लचिलो भएको म स्वीकार गर्दिनँ ।’ स्मरणीय छ, धनुषा ३ बाट राजपा उम्मेदवार राजेन्द्र महतोलाई जिताउन एमाले अत्यन्त लचिलो भएको थियो ।

राजपाका अर्का नेता लक्ष्मणलाल कर्णले प्रदेश २ को सरकार गठन र मधेसका मुद्दाको सम्बोधन हुने संविधान संशोधनलाई आफूहरूले पहिलो प्राथमिकता दिएको बताए । ‘एमालेको भावी सरकारले अब सिंगो राष्ट्र, जनता र भूभाग समेट्नै पर्छ, अन्यथा उसको राजनीतिक भविष्य कांग्रेसको जस्तै हुनेछ’ कर्णले चेतावनी दिए । एमाले चुनावमा मधेस गठबन्धनप्रति कुनै पनि क्षेत्र र नेताका लागि लचिलो नभएको दाबी कर्णले गरे । वामपन्थी गठबन्धन नै संघीय फोरम-राजपाका लागि कठिन रहेको ताजा जनादेशले देखाएको उनले बताए । उनले भने, ‘अर्को साता फोरम र हाम्रो विशेष बैठक बस्दैछ । बैठकले मधेसको भविष्य र केन्द्रका प्रमुख दलसँगको सम्बन्धका आधार र प्रक्रिया पनि तय गर्नेछ ।’

संघीय फोरमका कोषाध्यक्ष विजय यादवले मधेसीको जनमत पार्टीले पाउनुुको अर्थ ०६२÷०६३ को आन्दोलन तथा त्यसका १६ बुँंदे माग, संविधान जारी भएपछिको १३ महिने आन्दोलन र सातमहिने नाकाबन्दीका बेला तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र वर्तमान सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयन हुनुपर्ने नै भएको बताए । उनले भने, ‘मधेसी गठबन्धनको जितको अर्थ प्रदेशतर्फ आफ्नो नेतृत्वको सरकार गठन र केन्द्रमा संविधान संशोधन नै हो ।’ एमाले नेतृत्वमा गठन हुने सरकारले जस्तो रणनीति मधेसी पार्टीप्रति लिन्छ, त्यसकै आधारमा सरकारसँग सम्बन्ध तय हुने धारणा उनले राखे । यादवले भने, ‘फोरम र राजपा दुवै आफ्नै मुद्दा र कार्यक्रम लिएर जनतासामु गएका हुन् । एमाले, कांग्रेस, माओवादी कसैको सहयोग र समर्थनमा होइन ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.