पाँच महिनामा १५ गैंडा मरे

पाँच महिनामा १५ गैंडा मरे

भरतपुर : चितवन राष्ट्रिय निकुञ्जभित्र राप्ती नदीमा एउटा वयस्क गैंडा मृत अवस्थामा फेला परेको छ। पश्चिम चितवनको मेघौलीघाट नजिक शनिबार गैंडा मरेको निकुञ्जले जनाएको छ।

पर्यटक घुमाउन लैजाँदा गाइडले मेघौलीघाट नजिक पानीमा मरेको गैंडा देखेपछि निकुञ्जलाई खबर गरेका थिए। २५ वर्षको गैंडा उमेर पुगेर मरेको निकुञ्जले जनाएको छ। सुरुमा प्रजनन्का समयमा अर्को भालेसँग जुधेर मरेको हुनसक्ने आशंका गरिए पनि खागको प्रकृति हेर्दा बुढ्यौलीका कारण नै मरेको निकुञ्जका रेन्जर छत्र खड्काले बताए। ‘उमेर पुगेर कालगतिले मरेको हो’, उनले भने। मृत गैंडाको पिठ्यँुमा सामान्य चोट लागेको छ।

उनका अनुसार बुढो भएकाले उक्त गैंडा राप्ती किनारका मचान वरिपरि घुम्ने गरेको थियो। शारीरिक रुपमा दुर्बल भएकाले एकै ठाउँमा बस्ने गरेको थियो। मृत गैंडाको मुचुल्का तयार गरी खाग र खुर निकालेर गाडिएको छ।

पाँच महिनायता चितवन राष्ट्रिय निकुञ्जमा १५ वटा गैंडा मरेका छन्। ती गैंडामध्ये कालगतिले ११ वटा र बाढीले ४ वटा गैंडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। साउनमा नै ५ वटा गैंडा मरेका थिए। दुर्लभ मानिएको एकसिङे गैंडा पाँच महिनामा धेरै संख्यामा मरेपछि संरक्षणकर्मी चिन्तित भएका छन्। ‘चोरीसिकारमा कडा नियन्त्रण गरिएको छ’, अर्यालले भने, ‘कालगतिले मर्नु सामान्य भए पनि संख्या घट्नु चिन्ताको विषय हो।’

बाढीले नै यस वर्ष ५ वटा गैंडा मरेका छन्। बच्चा जन्माउन नसकेर दुई पोथी गैंडा मरे। सन् २०१५ मा गरिएको गणना अनुसार देशभर ६ सय ४५ गैंडा छन्। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा नै ६ सय ५ गैंडा छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.