नयाँ सरकारसँग काम गर्न इच्छुक : अमेरिका

नयाँ सरकारसँग काम गर्न इच्छुक : अमेरिका

काठमाडौं : अमेरिकाले नेपाल सरकारलाई चुनावको सफल आयोजनाका लागि बधाई दिएको छ । संघ र प्रदेश दुवैका चुनाव सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै उसले नेपाली जनता र सरकारको प्रशंसा गरेको हो ।

‘शान्तिपूर्ण, व्यवस्थित प्रतिनिधिसभा र प्रदेश चुनाव आयोजना भएको, र मतपरिणामसम्मका चुनौतीपूर्ण प्रक्रिया सफलतापूर्वक पार गरेको अवसरमा हामी बधाई दिन चाहन्छौं,' वक्तव्यमा भनिएको छ, ‘यो चुनाव नेपालको लोकतान्त्रिक यात्राका लागि कोसेढुंगा हुन पुगेको छ । हामी यसपछि बन्ने निर्वाचित नयाँ सरकारसँग सहकार्य गर्नका लागि इच्छुक छौं ।' अमेरिकाले यो चुनावमार्फत संघीयता र सरकारी संस्थाहरूको सबलीकरण हुने, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा जाने विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.