एउटा गाउँ: जहाँ १० वर्षदेखि भएन दुई सय युवाको बिहे, यस्तो छ कारण

एउटा गाउँ: जहाँ १० वर्षदेखि भएन दुई सय युवाको बिहे, यस्तो छ कारण

एजेन्सी । पूर्वाधार विकासले मानवीय जीवनमा कतिसम्म असर गर्न सक्छ उदाहरण भारतमा भेटिएको छ । भारतको राजस्थानस्थित कोटाकत्त ताकली नहरको डुबान क्षेत्रका बासिन्दा १० वर्षदेखि पुनर्वासको प्रतिक्षामा छन् ।

विकासका लागि कति ठुलो मूल्य गाउँलेले चुकाउनुपरिरहेको छ भन्ने यो ज्वलन्त उदाहरण हो । राजस्थानको रामगन्जमन्डी इलाकाका ७ गाउँका मानिसले यस्तै कष्टकर जीवन बिताइरहेका छन् ।

यहाँको ताकली बाँधको डुबान क्षेत्रमा बसिरहेका मानिस १० वर्षदेखि पुनर्वासका लागि मुआब्जाको आशमा रहेका छन् । यही आशमा मानिसले न त घरको मर्मत गरेका छन् न त कुनै नयाँ घर नै बनाएका छन् ।

यही बाँधका कारण उनीहरुको खुशीमा ग्रहण लागेको ५ । बाँधकै कारण यहाँका गाउँमा १० वर्षदेखि बिहेको बाजा बज्न सकेको छैन । यो गाउँका करिब २ सय युवा बिहेको प्रतिक्षामा छन् । बाँधले उब्जाएको समस्यका कारण ती युवाहरुको बिहे गर्ने उमेर नै गुज्रिसकेको ५ ।

२० वर्षअघि निर्माण सुरु

समाचार अनुसार ताकली नदीमा बनाइँदै गरेको बाँधका लागि करिब २० वर्षअघि सर्वे भएको थियो । तर, यो बाँध निर्माणको अनुमति सन् २००७ मा आएको वसुन्धरा सरकारको समयमा मिलेको थियो । बाँध बनेको क्षेत्रमा ३१ गाउँका ७३८६ हेक्टर जमीनमा सिँचाइ हुनेछ । तर समयमा काम हुन नसक्दा त्यसको पीडा भने गाउँलेले भोगिरहेका छन् ।

अहिले बाँध तयार भएको छ तर यो नहरका कारण डुबानमा पर्ने ७ गाउँको पुनर्वास हुन सकेको छैन । बाँधको पानीका कारण १२ गाउँको ८५० हेक्टर जमीन डुबानमा परिरहेको छ। यी गाउँमा सोहनपुरा, सारनखेड़ी, रघुनाथपुरा, तालियाबरडी, दडिया, दुडकली, तमोलियाको अहिलेसम्म पुनर्वास हुन सकेको छैन ।

गाउँका बासिन्दाले बितेका १० वर्षमा नयाँ घर त परको कुरा, पुराना घरको मर्मत पनि गरेका छैनन् । उनीहरुले घर-खेत सबै डुब्ने ८रका कारण यसो गरेका हुन् । अर्कातिर सरकारले मुआब्जा पनि नदिँदा उनीहरु तनावमा छन् ।

छोरीहरुको बिहे

तमोलियास्‍थित चौपाल गाउँमा बसिरहेका छितरलालले गाउँकी छोरीको बिहे भए पनि छोराका लागि कुनै केटी नमिलेको बताए । यहाँका देवकरण गुर्जरले सरकारले दिने मुआव्जा धेरै कम भएकाले नलिएको बताएका छन् ।

डुबान क्षेत्रमा रहे‍का बिशनलाल, सीतारामका अनुसार बाँधले जमीन र घर पानीमा डुब्न लागेको बताए । यसका कारण कसैले छोरी दिन तयार नहुँदा ७ गाउँमा करिब २०० भन्दा धेरै युवा कुमार नै बस्न बाध्य भएका हुन् । गाउँमा रामस्वरूप (४५), मगनराम (३५), नैनाराम (४०), रमेशचन्द (३०) समेत करिब ३५ युवाको उमेर बिहे नगरी गुज्रिँदैछ ।

थोरै छ मुआब्जाको रकम

डुबान क्षेत्रका तालियाबरडी गाउँका रामसिंह, नैनसिंहका अनुसार न मर्ने न त बाँच्ने अवस्थामा बस्न बाध्य भएको पीडा सुनाए । उनले सरकारबाट एकदमै थोरै मुआव्जा पाएको गुनासो गरे । कसैलाई ४० हजार दिइएको छ भने कसैलाई ५० हजार मात्रै

डुबान क्षेत्रका किसानले जमीनको मुआवंजा त लिए तर घरको मुआब्जा पाएकै छैनन् । सरकारले डुबान क्षेत्रका ५५६ परिवारका लागि केही वर्षअघि ७.२९ करोड भारतीय रुपैयाँ बाँड्ने अनुमति दिएको थियो । तर यहाँका बासिन्दाले घरका लागि कम्तिमा १० लाख मुआव्जा मागेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.