दाङमा प्रदेश राजधानीको माग गर्दै र्‍याली

दाङमा प्रदेश राजधानीको माग गर्दै र्‍याली

तुलसीपुर : प्रदेश ५ को प्रादेशिक राजधानी दाङममा हुनुपर्ने भन्दै नागरिक अभियन्तहरुले माग गरेका छन्। आइतबार सरकारलाई राजधानी तोक्न माग गर्दै उनीहरुले दबाब र्‍याली समेत निकालेका छन्।

राजनीतिक दल र सरकार दाङमा राजधानी तोक्न तयार भएको अवस्थामा पनि विभिन्न तवरले चलखेल बढेको भन्दै प्रदेश मुकाम दाङमै बनाउनुपर्ने मागसहित दबाव  यालीको आयोजना गरिएको अभियान्त शरद रेग्मीले बताए।

प्रदेशसभा, प्रतिनिधिसभा र समानापातिक तर्फको अन्तिम मतगणना परीणाम सार्वजनिक भइसकेको भन्दै वर्तमान सरकारलाई प्रदेशको अस्थायी मुकाम दाङमा तोक्न दबाब  र्‍यालीको आयोजना गरिएको उनले बताए।

र्‍यालीमा नागरीक समाज, उद्योगी व्यवसायी, अधिकारकर्मी, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता रहेको थियो। दबाब र्‍यालीमा सहभागिले भौगोलिक सुगमता,दुरी, हावापानी, पूर्वाधार, संरचनाका आधारमा दाङ नै राजधानीका लागि उपयुक्त भएको भन्दै राजधानी तोक्न माग गरेका थिए।

अधिकारकर्र्मी शुष्मा गिरीले दाङ राजधानी नभए लाख महिलालाई सडकमा उतार्ने चेतावनी दिँदै पूर्वाधारकै कारणले दाङको राजधानी खोसिन नहुने बताइन्। नागरिक समाजका संयोजक टिकाराम रेग्मीले प्रादेशिक राजधानीका लागी दाङ सम्पूर्णरुपले ठीक भएको बताए। उनले कुनै पनि हिसावले दाङको विकल्प समेत नरहेको बताए। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत (विरु)ले यता र उता भन्दा पनि दाङमा प्रादेशिक राजधानी हुनुपर्नेमा जोड दिए। त्यसका लागि पूर्वाधारहरु तयार भइसकेको समेत उनले जानकारी दिए।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.