नक्कली प्रमाणपत्र बनाउने गिरोह पक्राउ

नक्कली प्रमाणपत्र बनाउने गिरोह पक्राउ

काठमाडौँ : नक्कली सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतीपत्र लगायतका सरकारी कागजात किर्ते बनाउने गिरोह पक्राउ परेको छ। नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गरिरहेको सूचनाको आधारमा आठ फोटो स्टुडियोमा छापा मारेर सातजनालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

रुकुम झुला- ३ घर भई काठमाडौं धापासी टोखा ५ बस्ने न्यू लुम्बिनी कम्युनिकेसन एण्ड डिजिटल फोटो स्टुडियोका सञ्चालक २३ वर्षीय टेकबहादुर बुढा मगर, रोल्पा माडी- ४ घर भई काठमाडौं नयाँबजार बस्ने राप्ति फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय रामजीप्रसाद डिसी, गोरखा सहिद लखन थापा-७ साविक बुङकोट ४ घर भई काठमाडौं नयाँबजार बस्ने रचना फोटो स्टुडियोका सञ्चालक २६ वर्षीय बिराज श्रेष्ठ, म्याग्दी मंगला-४ साविक बरङझा ८ घर भई गंगबु गणेशस्थान बस्ने कान्तिपुर म्यानपावर सामाखुशीका कर्मचारी ३४ वर्षीय श्याम कुमार थापा मगर, स्याङजा हरीनाथ- ३ साविक मग्याम चिसापानी ९ घर भई गंगबु मित्रनगर बस्ने स्याङजा तनहु कम्युनिकेशनका सञ्चालक ५६ वर्षीय हरीबहादुर शाही, ललितपुर महालक्ष्मी-५ साविक लुभु बस्ने श्रेष्ठ कम्युनिकेशनका सञ्चालक ४० वर्षीय हरेराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै धादिङ निलकण्ठ- १ घर भई काठमाडौं ९ सिनमंगल बस्ने कंलकी एयरपोर्ट स्टुडियोका सञ्चालक २५ वर्षीय विश्वनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेका हो।
प्रहरीले नेपाल सरकार लेखेको होलो ग्राम, विभिन्न व्यक्तिको नामको सवारी चालक अनुमतिपत्र, उच्च माध्यमिक शिक्षा परिषदको प्रोभिजनल सर्टिफिकेट, एसएलसीको मार्कसिट, त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट, विभिन्न संस्थाको छाप, यातायात व्यवस्था कार्यालयको खाली सवारी चालक अनुमति पत्रको कार्ड, सेक्सन अफिसर लेखेको छापलगायत कागजात बरामत गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप, दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ। मुलुकी ऐन किर्ते कागजको महलको १ नम्बर अनुसार उनीहरुमाथि १ बर्षसम्म कैद सजाय हुने सक्ने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.