उद्योगको पर्खालले किच्दा एक मजदुरको मृत्यु, तीन घाइते

उद्योगको पर्खालले किच्दा एक मजदुरको मृत्यु, तीन घाइते

विराटनगर : विराटनगर ४ इक्राहीमा निर्माणाधिन चप्पल उद्योगको पर्खालले किच्दा आइतबार साँझ एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ। पर्खालले किच्दा सुनसरीको दुहवी नगरपालिका १२ पूर्वकुसाहाकी ४५ वर्षीया कलकत्तीदेवी थरुनीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए। उनका अनुसार फिनिसिङ गर्ने क्रममा निर्माणाधिन उद्योगको १० फिट अग्लो पर्खाल लडेर किचेको हो।

बिसीका अनुसार पर्खाल भत्किएर चारजनालाई किचेको थियो। किच्न साथ थरुनीलाई जीवितै उद्धारको प्रयास गरिए पनि नसकिएको उनले बताए। शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा ल्याइएको छ।

गाह्रोले किचिरहेको अवस्थामा अन्य तीनजनालाई मजदुर र स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन्। घटनामा परेर विराटनगर ४ घर भएकी ५० वर्षीया रतन माझी, सुनसरी दुहवी नगरपालिका ११ तनमुनाका २५ वर्षीय रमेश मण्डल र ३५ वर्षीय वीरनारायण चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ। उनीहरुको टाउँको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनास्थल विराटनगर विमानस्थलबाट तीन सय मिटर पश्चिममा पर्छ। स्थानीय बासिन्दाले भने ठेकेदार र उद्योग संचालकको लापरवाहीका कारण घटना भएको आरोप लगाएका छन्। ‘यत्रो उद्योगमा पिलर र त्यसको कुनै सपोर्ट बिनानै पर्खाल लगाइएको छ,’ दुहवी नगरपालिका १२ पूर्वकुसाहाका विनोद चौधरीले भने, ‘यो घटनामा पर्खाल लगाउने ठेकेदार र उद्योग संचालनमा ल्याउन खोज्नेको ठूलो गल्ती छ।’

स्थानीयका अनुसार उद्योगको भवन निर्माण गर्ने क्रममा पिलर नै लगाइएको छैन। बिना पिलर इँटा, बालुवा र सिमेन्टको मात्रै प्रयोग गरेर कमजोर हिसाबले गाह्रो लगाउने काम गरिएका कारण घटना भएको र गरिब मजदुरले अकालमा ज्यान गुमाउनु परेको चौधरीले बताए। उद्योगका संचालक राजेश वगडियासँग भने सम्पर्क हुन सकेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.