माओवादी केन्द्रले बोलायो केन्द्रीय कार्यालय बैठक

माओवादी केन्द्रले बोलायो केन्द्रीय कार्यालय बैठक

काठमाडौँ : माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचन परिणाम लगायत विषयमा छलफल गर्न माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो ।

पार्टीका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको उनले जानकारी दिइन्

यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने सो पार्टीले जनाएको छ ।

वाम गठबन्धनको पक्षमा जनताले आफ्नो विश्वाससहितको मत दिएको भन्दै माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.