समानुपातिकमा एमालेबाट तीन मात्रै पुरुष सांसद्, अरु सबै जिल्लिए

समानुपातिकमा एमालेबाट तीन मात्रै पुरुष सांसद्, अरु सबै जिल्लिए

काठमाडौं: सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट समानुपातिकबाट बढी ३ जना मात्रै पुरुष सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ८० सिट जितेको एमालेबाट दुईजना मात्रै माहिलाले जितेका छन् । समानुपातिकतर्फ एमाले ४१ पाउने अवस्था छ ।

कम्तिमा ३३ प्रतिशत महिलालाई अनिवार्य प्रतिनिधि सभामा पठाउनुपर्ने संसदीय व्यवस्था अनुसार एमालेबाट समानुपातिकबाट सांसद बन्न पाउने पुरुषकको संख्या थोरै हुने भएको हो । एमालेले जितेका जम्मा १२१ सिटको ३३ प्रतिशत ४० हुन आउँछ । प्रतिनिधि सभामा एमालेले अनिवार्य ४० जना महिला सांसद बनाउनुपर्छ । २ जनाले प्रत्यक्षमा जितेकाले ३८ जना महिला समानुपातिकबाट सांसद बन्ने छन् ।

समानुपातिकबाट एमालेले ३ जना पुरुषलाई मात्रै प्रतिनिधि सभामा पठाउने सक्ने भएको छ । प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्द सूचीको पहिलो नम्बरमा बिजय सुब्बाको नाम छ । दोस्रो नम्बरमा खगेन्द्र राई र तेस्रो नम्बर केशवलाल श्रेष्ठको नाम छ । उता खसआर्य समूहबाट एक नम्बरमा मुकुन्द न्यौपाने र दुई नम्बरमा सोमनाथ प्यासीको नाम । यीनै ५ मध्ये तीनजना समानुपातिक सांसद बन्नेछन् ।

कांग्रेसबाट धेरै पुरुषलाई मौका

दोस्रो ठुलो नेपाली कांग्रेसले २१ जना महिलालाई प्रतिनिधि सभामा पठाउनुपर्छ । कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्रै जितेको छ । तर समानुपातिक मत धेरै आएकाले त्यसका आधारमा ४० सिट पाउने सम्भावना छ । कुल ६३ जना प्रतिनिधि सभा सदस्यमध्ये १९ पुरुषलाई कांग्रेसले समानुपातिकबाट पठाउने सक्नेछ । कांग्रेसबाट एकजना महिलाले पनि प्रत्यक्षबाट जित्न सकेनन् ।

माओवादीबाट २ मात्रै पुरुष

तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट कम्तिमा १७ जना महिला सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट गरी ५३ सिट जितेको माओवादीबाट प्रत्यक्षमा ३ जना महिला निर्वाचित भएका छन् ।

यो अवस्थामा माओवादी केन्द्रले १५ जना महिलालाई समानुपातिकबाट अनिवार्य प्रतिनिधि सभामा पठाउनु पर्ने हुन्छ । १७ सिट समानुपातिकबाट पाउने देखिएको माओवादीका दुई पुरुषले मात्रै समानुपातिकबाट संसदमा प्रवेश पाउने अवस्था छ ।

माओवादीबाट हितराज पाण्डे, सुनिल मानन्धर, मणिचन्द्र थापा र सुरेश आलेमगरमध्ये दुईजना सांसद हुने सम्भावना छ । पाण्डेको नाम खस आर्यको सूचीमा पहिलो नम्बरमा छ भने थापा दोस्रो नम्बरमा छन् । त्यस्तै मानन्धरको नाम आदिवासी जनजातिको सूचीमा एक नम्बरमा छ । आलेमगरलाई माओवादीले आदिवासी जनजातिबाट दोस्रो नम्बरमा राखेको छ ।

राजपा र फोरमबाट बढीमा १-१ पुरुष

मधेसवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले ५-५ महिला अनिवार्य प्रतिनिधि सभा पठाउनुपर्ने छ । राजपाले प्रत्यक्षतर्फ ११ सिट जितेको छ भने समानुपातिकमा ६ सिट पाउने देखिन्छ । त्यस्तै १० सिट प्रत्यक्षमा जितेको फोरमले पनि ६ सिट नै समानुपातिकबाट पाउने सम्भावना छ । राजपा र फोरमले बढीमा एक मात्रै पुरुष समानुपातिकबाट पाउने छन् । दुवै पार्टीबाट एकजना पनि महिलाले प्रत्यक्षमा जितेका छैनन् ।

प्रत्यक्षतर्फ जित्ने महिला

प्रत्यक्षतर्फको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पवित्रा निरौला खरेल विजयी भएकी थिइन् । त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसालले प्रतिनिधि सभामा विजयी भइन् ।

पुर्वी रुकुमबाट माओवादी केन्द्रकै कमल रोक्का विजयी हुँदा प्युठानबाट जनमोर्चाकी दुर्गा पौडेलले प्रतिनिधि सभाको ढोका खोलेकी छन् । माओवादी केन्द्रबाटै कन्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर पनि विजयी भएकी छन् । त्यसैगरी एमालेकी नेतृ पद्या अर्याल स्याङ्जा क्षेत्र नम्बर २ बाट बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई हराउँदै प्रतिनिधि सभामा पुगेकी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.