सरकार गठन र पार्टी एकता स‌ँगसँगै: माओवादी

सरकार गठन र पार्टी एकता स‌ँगसँगै: माओवादी

काठमाडौं: नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्ने निर्णय गरेको छ। सोमबार बसेको मा‌ओवादी केन्द्रको बैठकले पार्टी एकतालार्इ छोडेर सरकार गठनलार्इ मात्र जोड दिन नहुने निश्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले बताइन्।

बैठकपछि पत्रकारलार्इ निर्णय सुनाउँदै भुसालले भनिन्, ‘सरकार गठनपछि पार्टी एकता गरौंला भन्ने हुँदैन, सरकार गठन र पार्टी एकता अन्तरसम्बन्धित कुरा हुन्।'

पार्टी एकतालार्इ जनताले अनुमोदन गरिसकेकाले ढिलार्इ गर्न नहुनेमा माओवादीले जोड दिएको छ। देशभर चुनावमा ६०/४० को भागबण्डा गरेकाले समानुपातिकमा पार्टीलार्इ कम मत आएको मा‌ओवादीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.