जटिल रोगका बिरामीलाई पाँच हजार भत्ता

जटिल रोगका बिरामीलाई पाँच हजार भत्ता

काठमाडौं : सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी भएका बिरामीलाई आर्थिक सहायतास्वरुप मासिक पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।सूर्तिजन्य पदार्थमा सरकारले लिँदै आएको करको केही रकम छुट्याई स्वास्थ्य उपचारमा मिलान गर्ने गरी बिरामीलाई यस्तो भत्ता दिन स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको हो । उपचार गर्दागर्दै पीडितको आर्थिक स्थिति कमजोर हुने भएकाले भत्ता उपलब्ध गराउने निर्णय गरी मन्त्रिपरिषदको आगामी बैठकमा पेस गर्न लागिएको जानकारी स्वास्थ्यमन्त्री दीपक बोहोराले दिए ।

धूमपान तथा सूर्तिसेवनलाई निरुत्साहित गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ अनुसार उत्पादकसँग सरकारले ठूलो मात्रामा कर लिने गरेको छ । मन्त्रिपरिषद् बैठकले पास गरेपछि अल्पकालीन रूपमा मिर्गौलाले काम नगरेको (एक्युट रेनल फेलियर), दीर्घकालीन रूपमा मिर्गौलाले काम नगरेको (क्रोनिक रेनल फेलियर), मिर्गौला फेलियर भई डायलासिस गर्नुपर्ने र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई भत्ता दिइने मन्त्रालयले जनाएको छ । त्यस्तै, चोटपटकजन्य र दुर्घटना भएर स्पाइनल इन्जुरी भएका पीडितलाई पनि भत्ता दिइने छ ।

सूर्तिजन्य पदार्थमा सरकारले लिँदै आएको करको केही रकम छुट्याई स्वास्थ्य उपचारमा मिलान गर्ने गरी बिरामीलाई यस्तो भत्ता दिन स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको हो ।

भत्ता उपलब्ध गराउन तत्काल ७८ करोड बजेट आवश्यक पर्छ । मन्त्री बोहोराका अनुसार बिरामीको बढ्दो संख्याका कारण आगामी वर्षदेखि दुई अर्ब बजेट व्यवस्था गर्नुपर्ने देखिएको छ । उनले भने, ‘पीडितको स्वास्थ्य सुविधा र आर्थिक हितका लागि जीवनयापन गर्न सहयोग पु¥याउन भत्ता व्यवस्था गरिएको हो ।’

आर्थिक रूपले विपन्न नागरिकलाई औषधि उपचार खर्च उपलब्ध गराउन सरकारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मुटु, क्यान्सर, पार्किसन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि एक लाख रुपैयाँसम्मको औषधि-उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । मिर्गौला रोगको डायलासिस गर्नुपर्ने बिरामीले तोकिएको सूचीकृत अस्पतालबाट निःशुल्क डायलाइसिस सुविधा पाउँदै आएका छन् ।

विपन्न नागरिक औषधि उपचार कोषमार्फत सरकारले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्दा सूचीकृत अस्पतालमार्फत चार लाख रुपैयाँ बराबरको औषधि उपचार सुविधा प्रदान गर्दै आएको छ । त्यस्तै, मिर्गौला प्रत्यारोपणपूर्वको परीक्षणका लागि (अंग ग्रहणकर्ता र अंगदाताका लागि) पचास हजार र प्रत्यारोपणपश्चात औषधि सेवनका लागि एक लाख गरी एकल ५० हजार रुपैयाँ एकमुष्ट शोधभर्ना दिइने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.