'अब आर्थिक समृद्धिको बाटोमा लाग्छौं

'अब आर्थिक समृद्धिको बाटोमा लाग्छौं

 

निर्वाचित भएपछि कस्तो अनुभव भएको छ ?

राजनीतिक परिवर्तनको मुद्दा टुंगो लगाएका छौं । अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बेला आयो । जनताले निकै ठूलो जिम्मेवारी बोकाएको महसुस गरेको छु ।

 तपाईंले आफ्नो जिल्ला÷क्षेत्रको विकासका लागि तत्काल गर्ने ३ वटा काम के-के हुन् ?

जिल्लाभित्र र जिल्ला भएर बाहिर जाने सडकको स्तरोन्नति र पूर्णता दिने कुरामा मेरो पहिलो प्राथमिकता रहन्छ । एक वर्षभित्र खलंगा-पाँचकटिया, खलंगा-डोल्पाको सीमामा रहेको त्रिवेणी र खलंगा-थलह बजारसम्म बाह्रै महिना बस चल्ने बनाउँछु । यी सबै सडकमा कालोपत्रे गराउँछु ।

दोस्रो, कृषिको व्यवसायीकरणमा जोड दिई स्वरोजगारीको बाटो सिर्जना गर्ने काममा लाग्छु । त्यसका लागि प्रधानमन्त्री आधुनिक कृषि परियोजनाबाट विभिन्न व्यवसायिक खेती र उद्योग सञ्चालनका लागि विभिन्न ठाउँमा जोन, ब्लक र पकेट क्षेत्रको निर्माण गरी काम थालिनेछ ।

तेस्रोे, ५० शैड्ढयाको जिल्ला अस्पतालको सेवा प्रभावमा सुधार ल्याउन आवश्यक प्राविधिक, भौतिक तथा अन्य पूर्वाधारको निर्माण गरी विशेषज्ञ सेवा सुचारु गराउनेछु । साथै शैक्षिक सुधारका लागि आवश्यक काम पनि गर्नेछु । नलसिंहगाड जलविद्युत् आयोजना निर्माणको काम समयमै गराउन सरकारलाइ दबाब सिर्जना गर्नेछु ।

मतदाताको अपेक्षा कस्तो छ ? ती अपेक्षालाई पाँच वर्षभित्र कसरी पूरा गर्नुहुन्छ ?

जनताले हिजो ‘जनयुद्ध’मा त्याग र बलिदान गरेका छन् । निर्वाचनमार्फत सुन्दर र समृद्ध जाजरकोट निर्माण गर्ने जुन सपना छ, त्यसलाई सकार पार्न मैले इमानदारीपूर्वक काम गर्नेछु । चुनावपछि हामी नयाँ मोड र परीक्षणको घडीमा छौं । संक्रमणकालको पनि अन्त्य भयो । अबकोे बाटो भनेकै आर्थिक समृद्धिका अभियानहरूलाई तीव्रता दिएर जनताका गुनासाहरू र मर्काहरूलाई जनताकै साथ लिएर रोजगारी र आर्थिक विकासको यात्रामा अघि बढ्ने हो ।

पाँच वर्षभित्र बन्न बाँकी सबै पूर्वाधार विकास गर्छौं । भेरी करिडोरको निर्माण र स्तरोन्नति, जाजरकोट जुम्ला मोटरबाटो, मध्यपहाडी लोकमार्गको स्तरोन्नति, दाङदेखि जाजरकोट हुँदै रारा जोड्न जाजरकोट र जुम्लाको बीचमा पर्ने कुशे हिमालमा सात किलोमिटर सुरुङ मार्ग खोलेर कर्णाली जोड्ने छोटो बाटो बनाउने र प्रदेश ६ को केन्द्र जाजरकोटलाई बनाउने लक्ष्य छ ।

त्यस्तै नलसिंहगाड जलविद्युत् आयोजना, पर्यटन पूर्वाधार विकास, जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने गरी काम गर्छौं । जनताको अभिमतलाई कदर गर्दै देश विकासमा पूर्ण रूपमा समर्पित हुनेछु ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.