रामचन्द्र पौडेलाई पराजित गर्ने सांसद भन्छन् : मलाई उहाँको शुभकामना छ

रामचन्द्र पौडेलाई पराजित गर्ने सांसद भन्छन् : मलाई उहाँको शुभकामना छ

कृष्णकुमार श्रेष्ठ ‘किसान’ प्रतिनिधिसभा सदस्यमा तनहुँ क्षेत्र १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि चर्चामा छन् । पराजित भएपनि उनले आफूलाई जनताका निम्ति काम गर्ने शुभकामना वरिष्ठ नेता पौडेलबाट प्राप्त भएको बताएका छन् । उनै नेता किसानसँग अन्नपूर्णका लागि पवन पौडेलले गरेको कुराकानी 

तपाईंले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै पराजित गर्नुभयो, कस्तो अनुभव भइरहेको छ ?

उहाँलाई मैले काका भनेर सम्बोधन गर्छु । उहाँले मलाई राम्रोसँग काम गर्नुहोला भनेर शुभकामना दिनुभएको छ । यसबाट म असाध्यै खुसी छु । जुन विश्वास मलाई मतदाताले गरे, त्यो असाध्यै ठूलो जिम्मेवारी हो । तर अब जितेपछि म सबैको मान्छे हुँ । मलाई कसले भोट दियो वा दिएन भन्दा पनि म सबैको साझा भएर काम गर्ने गरी अघि बढेको छु । मैले देखिने गरी काम गर्नुपर्छ । त्यसमा म प्रतिबद्ध छु ।

अहिले के गर्दै हुनुहुन्छ ?

परिणाम आएलगत्तै केही दिन मतदातामाझ धन्यवाद प्रकट गर्न पुगेको थिएँ । काम विशेषले राजधानीमा आउँदा बिरामी परेकाले हाल म अस्पतालमै छु । हाल स्वास्थ्यलाभ भइरहेको छ । अब पुस ८ गतेबाट फेरि मतदातामाझ पुग्दै छु । त्यसलगत्तै पहिलो काम बाटोघाटोको स्तरोन्नति हुनेछ । प्रसिद्ध तीर्थस्थल छाब्दीमार्गको कालोपत्रे मेरो प्राथमिकतामा छ । बाँकी कुराका लागि अब सरकार बन्दै छ । त्यसपछि पाँचवर्षे गुरुयोजना बनाएर म मेरो क्षेत्रको विकासको प्राथमिकता तोक्नेछु । पर्यटन उद्योगको प्रवद्र्धन, युवा रोजगारी तथा घुमाउने घाटमा पुलको कामलाई छिटो पार्न मेरो भूमिका रहनेछ ।

तपाईंसँग जनताका अपेक्षा के छन् ?

सबैभन्दा धेरै माग बाटोको छ । कतिपय ठाउँमा ट्र्याक खोलिए पनि व्यवस्थित छैन । गाडी चल्ने अवस्था छैन । कलेस्तीदेखि मिर्लुङसम्म एउटासम्म पनि एम्बुलेन्स छैन । जनतालाई आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएको छैन । युवा बेरोजगारीको समस्या ठूलो छ । यसका लागि सीटीईभीटीबाट प्राविधिक तथा सब ओभरसियरसम्बन्धी तालिम सञ्चालमा जोड दिनेछु । पर्यटन विकास गर्दै बेरोजगार युवालाई पर्यटनमा लगाउनुपर्ने आवश्यकता पनि छ । औद्योगिक क्षेत्र तनहुँमा स्थापना गर्नुपर्ने आवश्यकता छ । कृषिको आधुनिकीकरणको पनि माग आएको छ । समग्रमा विभिन्न माध्यमबाट १० हजारलाई रोजगारी दिलाउन मेरो प्रयास रहनेछ ।

किसान श्रेष्ठलाई भविष्यमा कुन पदमा देख्न सकिएला ?

यो मेरो व्यक्तिगतभन्दा पनि वाम गठबन्धनको कुरा हो । नेताले गर्ने निर्णय स्वीकार हुनेछ । म जनताले देखिने गरी काम गर्ने ठाउँमा जिम्मेवारीको पर्खाइमा छु । मलाई शीर्ष नेतृत्वले पनि सोहीअनुसार जिम्मेवारी दिने आश्वासन दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.