गाउँले आफैँले बनाए पदमार्ग

गाउँले आफैँले बनाए पदमार्ग

बेनी : अन्नपूर्ण ५ पाउद्वारका गाउँलेले आफ्नै लगानीमा पर्यटकीय गन्तव्य खोप्रालेकसम्म व्यवस्थित पदमार्ग निर्माण गरेका छन् । यस क्षेत्रमा खयरभारानी मन्दिर, महावीर पुनले विकास गरेको वायरलेश इन्टरनेट साथै हिमश्रृङखलाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको पहुँच बढ्दै गएको छ ।

स्वदेश तथा विदेशमा रहेका स्थानीयवासीले एक करोड रुपैयाँ लगानी गरेर व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् । भिरालो ठाउँमा सिँढी बनाईएको छ भने ठाउँ ठाउँमा आराम गर्न चौतारा समेत निर्माण गरिएको छ । पाउद्धारका अगुवा राजु पुनले विभिन्न चरणमा १ करोड १५ लाख रुपैयाँ खर्च भएको बताउँदै भने, ‘व्यवस्थित पदमार्गका कारण जंगल र अग्ला डाँडाकाँडा घुम्न थप सहज भएको छ ।’

खयरभारनी मन्दिरमा जनैपूर्णिमाको अवसरमा विशेष पुजापाठ हुने गर्छ । दर्शनका लागि वर्षेनी म्याग्दी, पर्वत र कास्कीबाट हजारौँ भक्तजन पुग्न गरेका छन् । पाउद्धारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका क्याप्टेन पुनको नेतृत्वमा चन्दा संकलन र श्रमदानबाटै पर्यटक र भक्तजनका लागि बास बस्ने घर समेत निर्माण भएको छ ।

पुनका अनुसार अन्नपूर्ण हिमाल र बराह शिखरको फेदी ४ हजार ६ सय ३० मिटर उचाईमा खयर भारानी थानको समेत पुनः निर्माण गरिएको छ । थानको पुनः निर्माणमा ३९ लाख रुपैयाँ खर्च भएको थियो ।

स्थानीय अगुवा भीम पुनका अनुसार युके, हङकङमा रहेका पाउद्धारबासीको सहयोग, गाउँलेको श्रमदान, विभिन्न समूहबाट रकम जुटाएर भौतिक पूर्वाधार विकास गरिएको थियो । ‘यहाँ आउने भक्तजन र पर्यटकबाट हामी यो लगानी उठाउँछौ । उनीहरुबाट शुल्क लिएर होइन, होटल र विभिन्न स्थानमा राखिएको सहयोग पेटिकाबाट रकम प्राप्त हुन्छ’, उनले भने ।

इन्टरनेटको समेत व्यवस्था भएका कारण खोप्रामा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको पुनको भनाई छ । ‘समितिले यस क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग गर्नेहरुको सम्मानका लागि शिलालेख समेत राख्न सुरु गरेको छ ।’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.