मेरो पहिलो प्राथमिकता उत्तर–दक्षिण जोड्ने तमोर करिडोर : योगेश भट्टराई

 मेरो पहिलो प्राथमिकता  उत्तर–दक्षिण जोड्ने तमोर करिडोर : योगेश भट्टराई

गृहजिल्लाबाट निर्वाचित हुँदा कस्तो अनुभव भएको छ ?

चुनाव जितेपछि खुसी त छँदै छु । जनताले विश्वास दिएका छन्, उत्तरदायी र जवाफदेही बनाएका छन् । यो जितले लोकतन्त्रप्रतिको उत्तरदायित्व र जवाफदेहिताको पुलका रूपमा काम गर्ने जिम्मेवारी बढाएको अनुभूत भइरहेको छ । उत्तरदायित्व र जवाफदेहिता कम हुँदा जनतामा लोकतन्त्रप्रति वितृष्णा पैदा भइरहेको थियो । त्यसैले जनताको मतको जवाफ दिन सक्ने जिम्मेवारी ग्रहण भएको महसुस भएको छ । जनताको असल सेवक कसरी बन्ने हो भन्ने विचारभाव सुरु भएको छ ।

जिल्लाको विकासका लागि के गर्नुहुन्छ ?

ताप्लेजुङसहित प्रदेश नम्बर १ कै समृद्धिको सम्भावना बोकेको उत्तर–दक्षिण जोड्ने तमोर करिडोर निर्माण मेरो पहिलो प्राथमिकता हुनेछ । तमोर जलाशययुक्त विद्युत् आयोजनाको काम अगाडि बढाउने, कञ्चनजंघा, पाथिभराजस्ता पर्यटकीय स्थलमा बढीभन्दा बढी पर्यटक भित्र्याउन हामी लाग्नेछौं । यसका साथै जिल्लाका सबै गाउँमा नियमित रूपमा सवारी साधन सञ्चालन हुने गरी सडक विस्तार, शिक्षा, स्वास्थ्यका साथै कृषिको आधुनिकीकरण अनि लगानीको वातावरण सिर्जना गर्ने, जिल्लामा लगानी भित्र्याउने विषय प्रमुख हुन् । लगानी भित्र्याएर स्थानीय तहमै रोजगारीका अवसर कसरी सिर्जना गर्न सकिन्छ । युवा शक्तिलाई जिल्लाभित्रै आयआर्जनका स्रोत कसरी दिलाउन सकिन्छ अनि समग्रमा पाँच वर्षभित्र ताप्लेजुङलाई कसरी गर्व गर्नलयाक बनाउन सकिन्छ भन्नेमा म केन्द्रित हुनेछु ।

अब केन्द्रीय संसद्मा तपाईंको भूमिका के हुनेछ ?

हामी अहिले इतिहासको गम्भीर मोडमा छौं । संविधान निर्माणदेखि लोकतन्त्रको पक्षमा सँगै लडेको कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था छ । हामीलाई प्रतिपक्षको पीडा राम्ररी थाहा छ । एमालेसहितका वामपन्थी शत्ति पटक–पटक प्रतिपक्षमा बसेका छौं । यति कुरो प्रस्ट हो, प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको कांग्रेसलाई हिजो हामीलाई दिएजति पीडा अवश्य दिनेछैनौं । यसको अर्थ उसले प्रतिपक्षमा बसेको अनुभूत गर्न पाउनेछैन । कांग्रेसभित्र शुद्धीकरणको आवश्यकता थियो, चुनावी परिणामले कांग्रेसलाई शुद्धीकरण थाल्न जनमत दिएको छ । कांग्रेसभित्रको शुद्धीकरणले एमालेलाई पनि आन्तरिक रूपान्तरणमा टेवा दिने विश्वास गर्न सकिन्छ । हामी पक्ष÷विपक्ष होइन, समृद्धिको अभियानमा हामी सारथिलाई सँगै लैजान्छौं । देशहितको मुद्दामा सहकार्य गर्नेछौं ।

मन्त्री पदमा तपाईंको पनि दाबी हो ?

मेरो त्यस्तो दाबी छैन । हामी पार्टीमा छलफल गरेर निर्णमा पुग्छौं । सरकार गठनको विषयमा कुरा भइरहेको छ । सरकार वाम गठबन्धनकै बन्छ । पार्टीले दिएको जुनसुकै जिम्मेवारी पनि म इमानदारीसाथ निर्वाह गर्न सक्छु ।

प्रस्तुति :  सीताराम गुरागाईं


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.