राजधानीका लागि दाङ उपयुक्त : अध्ययन टोली

   राजधानीका लागि दाङ उपयुक्त : अध्ययन टोली

दाङ :  दाङलाई प्रदेश नं पाँचको प्रादेशिक राजधानी बनाउने गरी पूर्वाधार अध्ययन, निरीक्षण तथा छनोट गरिएको छ। मध्यपश्चिमाञ्चल क्षे त्रीय प्रशासक एवं राजधानी पूर्वाधार अनुगमन समितिका संयोजक सुरे श प्रधान नेतृत्वको टोलीले दुई दिन लगाएर जिल्लामा राजधानीको लागि पूर्वाधारको अवस्था र संरचनाको अध्ययन निरीक्षण गरेको हो। टोलीले राजधानीको लागि दाङ उपयुक्त भएको निश्कर्ष समेत निकालेको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार दाङलाई प्रदेशको अस्थायी मुकाम तोक्न के कस्ता संरचना र पुर्वाधार छन्, त्यसको अध्ययन गरी प्रतिवेदन पठाउनु भन्ने निर्देशनका आधारका यहाँ पूर्वाधारको व्यवस्थापन गर्न निरीक्षण गरिएको संयोजक प्रधानले जानकारी दिए। अध्ययन  टोलीले  दाङका विभिन्न १५ वटा सरकारी तथा गै रसरकारी संस्थाका भवनहरुको  स्थलगत निरीक्षण गरि उपयुक्त रहेको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ।

पूर्वाधार निरीक्षण टो लीले  ने पाल संस् कृत विश्वविद्यालय के न्द्रीय कार्यालय बे लझुण्डीमा रहेको आयुर्वेद अध्ययन संस्थानको  नव निर्मित एक सय आठ कोठाको  सुविधा सम्पन्न भवनलाई प्रादेशीक मन्त्रालयको प्रशासनिक भवन बनाउन सकिने बताएको छ । प्रदेशको मुख्यालय बेलझुण्डी बनाउने र मन्त्री, मुख्य मन्त्रीहरुको आवासका लागि घोराहीका विभिन्न सरकारी कार्यालयहरुलाई प्रयोग गर्न सकिने तयारी गरिएको छ।

पूर्वाधार निरीक्षण टोलीका सदस्य सचिव तथा सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पाण्डेका अनुसार मन्त्री आवासका लागि जिल्ला कृषि विकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयको  भवन हेरिएको छ। त्यसैगरी कृषि विकास बैंक क्षे त्रीय कार्यालयलाई पनि प्रयोग गर्न सकिने उल्लेख भएको छ।

पाण्डेले देउखुरी उपत्यका र दाङ उपत्यकामा पूर्वाधार जोड्न निर्देशन भएको र देउखुरीमा त्यस्ता पूर्वाधार नभएको हुँदा घोराही र बेलझुण्डीमा मुख्य तयारी भएको बताए। ‘दाङलाई पाच नं. प्रदेशको  राजधानी घोषणा गरिए आवश्यक पनेर्  प्रदेश प्रमुखको  कार्यालय, मुख्यमन्त्रीको  कार्यालय र प्रादे शिक विभिन्न सातवटा मन्त्रालय, प्रदेशसभा भवन र उनीहरुका लागि आवश्यक पर्ने आवास क्षेत्रका लागि सम्भाबित भौतिक संरचनाको  निरीक्षण गरी प्रतिवेदन तयार गरेका छौ' क्षेत्रीय प्रशासक प्रधाननले भने,‘राजधानीका लागि उपयुक्त देखिएकोले अब अन्तिम प्रतिवेदन तयार गर्दैछौ।' प्रधानने शुक्रबार बेलुकासम्ममा प्रतिवेदन तयार हुने बताए।

तत्कालका लागि पूरानै  संरचनाहरुको  निरीक्षण गरिए पनि भविष्यमा आवश्यक पनेर्  संरचना निर्माणका लागि खाली जमिनको  पनि निरीक्षण गरिएको उनले बताए। भौतिक संरचना निरीक्षणको  क्रममा टोली प्रमुख एवं क्षेत्रीय प्रशासक प्रधानले  घोषणा हुने  बित्तिकै  आवश्यक संरचना स् थापना गर्न दाङ उपयुक्त दे खिएको  बताए।

‘भविष्यका लागि कहाँ, कस्ता संरचना बनाउने  त्यो  सरकारको  विषय हो , त्यसका लागि पनि हामीले  जिल्लाका विभिन्न स् थानका खाली जमिनको  निरीक्षण गरे का छौं' प्रधानले  भने- ‘तर राजधानी घो षणा भए दाङमा तत्काल सबै  संरचना स्थापना गर्न सकिने  पूर्वाधार पाएका छौ।' प्रदेशसभा, मन्त्रालयलगायतका संरचना बे लझुण्डीमा र अन्य स्थानका सरकारी भवनहरुलाई निवासका रुपमा प्रयोग गर्न उपयुक्त  छ उनले भने, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरु र मन्त्रालयका सचिवहरुका लागि जिल्लाका विभिन्न स् थानका सरकारी कार्यालयलाई आवासका रुपमा राख्न सकिन्छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.