'मृत्यु भएका' युवकलाई बचाउने इन्सपेक्टर

'मृत्यु भएका' युवकलाई बचाउने इन्सपेक्टर

नयाँ दिल्ली: गत शनिवार साँझ भारतीय प्रहरीका इन्सपेक्टर सञ्जय कुमार अन्य दिन जस्तै दिल्लीको आवासीय क्षेत्रस्थित बाडा हिन्दु रावको पुलस थानामा बसिरहेका थिए । जब ६ बजेको समयमा पीसीआरबाट उनलाई एउटा फोन आयो तब उनलाई करिब २१ वर्षीय युवाले आत्महत्या गरेको थाहा भयो ।

सञ्जयले तत्कालै त्यहाँ केही पुलिसकर्मीसहित एम्बुलेन्‍सलाई पठाए । केही मिनेटपछि फेरि आएको फोनमा युवकको मृत्यु भइसकेको र पोस्टमार्टमका लागि मुर्दाघर लगिरहेको जानकारी मिल्यो । सञ्जयले त्यसपछि आफैँ घटनास्थलमा आइरहेको जानकारी दिँदै घटनास्थलबाट कतै नजान प्रहरी टोलीलाई भने ।

'म जब पुगेँ, त्यहाँ करिब ५० जना मानिस पहिलेदेखि नै जम्मा भइसकेका थिए । मैले त्यहाँ एक दुब्लो-पातलो राजु नामका युवा बेड भन्दा माथिको पं‌खामा झुन्डिरहेका थिए ।

सञ्जयका अनुसार पंखाका तीनै ब्लेड भुइँतिर नुहेका थिए भने युवाको खुट्टा पनि जमिनतर्फ झुलिरहेका थिए । उनले त्यहाँ अरुलाई सोधेपछि युवक मरे नमरेको कसैले जाँच नगरेको थाहा भयो । त्यहाँ भेला भएका मानिसले ती युवक फ्यानमै झुन्डिरहेकाले सबैले मृत्यु भइसक्यो भन्ने निचोडसहित सबैजना चुपचाप बसेका थिए ।

'मैले जब युवकको खुट्टा जमिन छोइरहेको देखेपछि त्यो युवा मरेको छैन भन्ने मलाई लाग्यो', उनले भने, 'हामीलाई तालिममा यदि कोही झुन्डिएको छ र भुइँ या अन्य सामानमा अडेस लागेको छै भने उसको मृत्यु पक्का हुन्छ । किन कि उसको गर्दनको पछाडिको भागको हड्डी भाँच्चिन पुग्छ ।'

सञ्जयले बीबीसीलाई अगाडि भने, 'तर यस मामिलामा राजुको खुट्टालाई जमिनको सहारा मिलेको थियो । त्यसैले मलाई उनको मृत्यु भएको कुरामा श‌ं‌का लाग्यो । मैले तुरुन्तै उसलाई पंखाबाट निकाले अनि घाँटीको पासो पनि हटाइदिएँ ।'

आत्महत्या कोशिश गरेपछि बचाइएका राजु

राजुले घाँटीको चारैतर्फ तन्नाले बलियोसँग कसेकाले गाँठो फुकाउन २ मिनेटसम्म लागेको थियो । सञ्जयले भने, 'गाँठो खोल्ने बित्तिकै मैले उसलाई चेक गर्दा श्वासप्रश्वास चलिरेहको पाएँ तर धेरै सुस्त गतिमा मात्रै ।'

उनले ती युवालाई तुरुन्त नजिकको अस्पतालमा पठाए । साँझ सात बजेसम्म राजु डाक्टरको रेखदेखमा रहे । "आठ बजे जब मैले फोन गरेँ, राजु खतरा भन्दा बाहिर रहेको जानकारी मिल्यो । डाक्टरहरुले यदि उसलाई अस्पताल ल्याउन ढिला गरेको भए मृत्यु भइसक्ने जानकारी मलाई दिए ।'

एक दिनसम्म अस्पतालमा रहेपछि राजु घर फर्किसकेका छन् । अहिले उनी तन्दुरुस्त अवस्थामा घरैमा रहेका छन् । यदि सञ्जयले समयमा सही निर्णय नगरेको भए के हुन्थ्यो होला ? त्यो बेला राजु जिउँदै पोस्टमार्टमका लागि मुर्दाघर पुग्थे । त्यहाँ उनलाई कपडामा बेरेर रातभर फ्रिजरमा राखेपछि उनको मृत्यु पक्कापक्की थियो ।

इन्स्पेक्टर सञ्जय कुमारको उज्यालो अनुहारमा कसैको जिन्दगी बचाउन सकेकोमा सन्तोष प्रष्ट देखिन्थ्यो । उनी विनम्रतापूर्वक मुस्कुराउँदै भन्छन्, 'मैले जुन काम गरेँ, अरु पुलिसकर्मीले पनि गर्छन् । मैले कुनै पनि अलग काम गरेको होइन, ज्यान बचाउने व्यक्ति त भगवन नै हुन्छन् ।'

राजुले आत्महत्या गर्न प्रयोग गरेको प‌ंखा

राजुका पिताका अनुसार उनलाई लागू औषधको नशा रहेको छ । त्यहीकारण उनलाई कयौँ पटक हप्काउनु पनि परेको उनले सुनाए । उनले अभिभावकले हप्काएकै कारण मर्ने कोशिश गरेका थिए ।

सञ्जय मानिसको मनमा पुलिसबारे नकारात्मक छवि रहेको कुरा पनि स्वीकार्छन् । 'म बर्दीमा सब्जी किन्ने कुरालाई पनि स्वीकार्दिन । बर्दीमा बजार जाँदा मानिसले पुलिस हप्ता उठाउन आएको बुझ्ने गरेका छन् ।'

'पुलिसको जागिरका क्रममा मानिसलाई सघाउने कयौँ अवसर मिल्छन्', उनले सुनाए, 'म खुशी छु, किन कि मैले कसैको जिन्दगी बचाउन सकेँ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.