सातवटै प्रदेशमा नेपाली कांग्रेस पाँच वर्षसम्म सत्ता बाहिर !

सातवटै प्रदेशमा नेपाली कांग्रेस पाँच वर्षसम्म सत्ता बाहिर  !

काठमाडौँ : २०४८ पछि करिब २३ वर्षसम्म सत्ताको स्वाद चाखेको नेपाली कांग्रेसले यो पटक केन्द्रीय सरकारदेखि प्रदेश सरकारमा समेत कम्तिमा पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने भएको छ ।

समानुपातिकमा एमालेकै हाराहारीमा सिट प्राप्त गरेको कांग्रेसले देशका ७ वटै प्रदेशमा सरकार बनाउन नसक्ने भएको छ । कांग्रेसको प्रदेश सभामा समानुपातिकतर्फ एमालेको भन्दा ३ सिट मात्र कम छ । निर्वाचन आयोगले सार्वजनिक गरेका तथ्याङ्कको आधारमा एमालेले ७५ सिट पाएको छ भने कांग्रेसले ७२ सिट जितेको छ । समानुपातिकमा ७ वटै प्रदेशमा एमाले र कांग्रेसको सिट हाराहारीमै छ ।

सबै प्रदेशमा प्रतिपक्षी

एमाले भन्दा ३ वटा मात्र कम सिट जितेको कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन हैसियत भने बनाउन सकेको छैन । प्रत्यक्षतर्फ सम्मानजनक सीट नजितेका कारण पाँच वर्षको लागि प्रदेश सरकारबाट कांग्रेसले हात धुने भएको हो ।

समानुपातिकमा सबैभन्दा बढी सिट÷भोट ल्याएको प्रदेश नम्बर २ र ७ समेत प्रत्यक्ष नतिजाका कारण कांग्रेस कमजोर बनेको हो । समानुपातिकमा कांग्रेस भन्दा २ सिट मात्र कम पाएको एमालेले प्रदेश नम्बर १ र ३ मा एकल सरकार बनाउने अवस्थामा छन् ।

प्रदेश एकमा तेस्रो

प्रदेश १ मा समानुपातिकमा एमालेले १५ र कांग्रेसले १३ सिट जितेको छ । उता प्रत्यक्षमा एमालेले ३६ सिट जित्दा कांग्रेसले ८ सिट मात्रै जितेको छ । यो प्रदेशमा प्रत्यक्षमा ५६ र समानुपातिकमा ३७ सिट गरी कुल ९३ सिट छ ।

प्रदेश १ मा माओवादीले प्रत्यक्षमा १० र समानुपातिकमा ५ सिट जितेको छ । समानुपातिकमा फोरमले २, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १-१ सिट जितेको छ । प्रत्यक्षमा प्रदेश १ मा फोरमले १ सिट जितेको छ ।

प्रदेश २ मा एमाले प्रमुख प्रतिपक्षी

समानुपातिकमा धेरै सिट जितेको कांग्रेस प्रतिपक्ष समेत नुहने प्रदेश २ मा समानुपातिकतर्फ धेरै सिट जितेको कांग्रेसले प्रतिपक्षको भूमिका समेत नपाउने भएको छ । समानुपातिकमा कांग्रेसले सबैभन्दा धेरै भोट ल्याएर ११ सिट हात पारेको छ । तर प्रत्यक्षमा ८ मात्र जितेको छ ।

यो प्रदेशमा मधेसवादी दलको स्पष्ट बहुमत छ । प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ गरी १०७ सिटमा संघीय समाजवादी फोरम र राजपाको मिलाउँदा ५४ सिट हुन्छ, यो प्रदेश सभाको बहुमत हो । फोरमले प्रत्यक्षमा २० र समानुपातिकमा ९ सिट जितेको छ भने राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० सिट हात पारेको छ ।

मधेसवादी दलको सरकारमा बनेमा एमाले प्रतिपक्ष हुने छ । एमालेले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ सिट जितेको छ । कांगेसको १९ सिट हँुदा एमालेको २१ सिट हुन्छ । उता माओवादीले प्रत्यक्षमा ६ र समानुपातिकमा ५ सिट जितेको छ । प्रत्यक्षमा स्वतन्त्र १ सिट जितेको प्रदेश २ मा समानुपातिकमा संघीय समाजवादी पार्टीले १ सिट जितेको छ ।

प्रदेश ३ मा पनि कम्जोर

प्रदेश ३ मा समानुपातिकमा एमालेले १६, कांग्रेसले १४ सिट जितेको छ तर प्रत्यक्षमा एमालेले ४२ सिट जित्दा कांग्रेसले ७ सिट मात्र जितेको छ । प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ गरी ११० सिट रहेको यो प्रदेशमा एमालेले ५८ सिट प्राप्त गरी एकल बहुमत ल्याएको छ भने कांग्रेसको कुल २१ सिट मात्र भएको छ ।

माओवादी केन्द्रको प्रत्यक्षमा १५ र समानुपातिकमा ८ सिट गरी २३ सिट भएको छ । यो प्रदेशमा समानुपातिकतर्फ विवेकशील साझा पार्टीले ३, राप्रपा(प्रजातान्त्रिक), नेपाल मजदुर किसान पार्टी, राप्रपाले १÷१ सिट जितेका छन् । प्रदेश ३ मा प्रत्यक्षमा नयाँ शक्ति र नेमकिपाले १÷१ सिट जितेको छ ।

चारमा कांग्रेस दोस्रो

प्रदेश ४ मा समानुपातिकतर्फ कांग्रेसको एमाले भन्दा १ सिट मात्रै कम छ । एमालेले १० सिट जितेको छ भने कांग्रेसले ९ सिट जितेको छ । उता प्रत्यक्षतर्फ एमालेले १७ सिट जित्दा कांग्रेसले ७ सिट मात्रै जितेको छ । प्रत्यक्षमा ३६ र समानुपातिकमा २४ गरी ६० सिट रहेको प्रदेश ४ मा एमालेको २७ सिट हुँदा कांग्रेसको १६ सिट मात्रै भएको छ ।

उता माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ३ सिट गरी १२ सिट जितेको छ । प्रदेश ४ मा भने कांग्रेसले दोस्रो पार्टी भएको छ । एमाले र माओवादी गरी प्रदेश ३ मा दुई तिहाई हुन्छ । समानुपातिकमा प्रदेश ४ मा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १÷१ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा जनमोर्चाले २, नयाँ शक्तिले १ र स्वतन्त्र १ सिट जितेको छ ।

प्रदेश ५ मा वामकै बहुमत

कुल ७ सिट रहेको प्रदेश ५ मा वाम गठबन्धनको स्पष्ट बहुमत हुन्छ । समानुपातिकतर्फ प्रदेशको कुल ३५ सिटमा एमालेले १३, कांग्रेसले १२ सिट जितेको छ । माओवादी केन्द्रले ६, फोरमले २, राजपा र जनमोर्चाले १÷१सिट जितेको छ । कुल ५२ सिट रहेको प्रत्यक्षतर्फ एमालेले २, कांग्रेसले ७, माओवादीले १४, फोरमले ३ सिट जितेको छ ।

यो प्रदेशमा एमालेले कुल सिट ४१ जितेको छ, कांग्रेसले १९, माओवादीले २०, फोरमले ५, राजपा र जनमोर्चाको १÷१ सिट जितेका छन् । प्रदेश ५ समेत वामगठबन्धनको दुई तिहाई हुन्छ ।

६ मा एमाले नै निर्णायक

कुल ४० सिट रहेको प्रदेश ६ मा एमालेले मात्रै २० सिट जितेको छ । एमालेको बहुमत नपुगेपनि एमालेबिनाको सरकार नै नबन्ने अवस्था प्रदेश ६ मा छ । समानुपातिकमा एमालेले ६, कांग्रेसले ५ , माओवादीले ४ र राप्रपाले १ सिट हात पारेका छन् भने प्रत्यक्षको २४ सिटमा एमालेले १४, माओवादीले ९ र कांग्रेसले १ जितेको छ ।

सातमा पनि वामको बहुमत

कुल ५३ सिट रहेको प्रदेश ७ मा समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा मत ल्यायो तर उसले एमालेकै बराबरी सिट प्राप्त गरेको छ । समानुपातिकमा कांग्रेसले १२ एमालेले १३ सिट जितेका छन् । माओवादीले ४ र राजपाले १ सिट जितेका छन् ।

प्रत्यक्षतर्फको ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिट जितेको छ । प्रदेश ७ पनि वाम गठबन्धनकै सरकार बन्ने निश्चित भएको छ । यो पटकको चुनावी नतिजा वाम गटबन्धनको पक्षमा गएपछि केन्द्रीय सरकार र प्रदेश सरकारमा कांग्रेस ५ वर्षका लागिसत्ता बाहिर बस्नु पर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.