‘मधेसवादी दल सरकारमा जाने कुरा हल्ला मात्र’

‘मधेसवादी दल सरकारमा जाने कुरा हल्ला मात्र’

राजविराज : राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तराई–मधेसकेन्द्रित दल वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने कुरा हल्ला मात्र भएको बताएका छन् ।

मधेसी एसोसिएसन इन अमेरिका (मा)ले शनिबार राजविराजमा सहिदका परिवारको सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रममा नेता महतोले यस्तो बताएका हुन् । संविधान संशोधन नभएसम्म सरकारमा नजाने अडान सुनाउँदै उनले मधेसको जनादेशविपरीत कुनै सम्झौता नहुने स्पष्ट पारे ।

पहिलो प्राथमिकता नै संविधान संशोधन रहेको उल्लेख गर्दै उनले भने, ‘मधेसविरोधी संविधान नसच्याएसम्म सडक र सदनबाट संघर्ष जारी रहन्छ ।’ धनुषाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतोले मधेसको जनादेशअनुसार संविधान संशोधन नभएसम्म संघर्ष जारी रहने दोहोर्‍याए ।

मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई महतो र आयोजक संस्थाका महासचिव संगीत रौनियारले दोसल्ला ओढाई सम्मान गरेका थिए । ०७३ फागुन २३ गतेको मलेठ घटनामा मारिएका सन्जन मेहता, वीरेन्द्र मेहता, पीताम्बर मण्डल, आनन्दकुमार साह, इन्द्र भनिने इनरदेव यादव अनि ०७२ मंसिर ६ गते ज्यान गुमाएका दिलीपकुमार साहको परिवारलाई सहयोगस्वरूप एक÷एक लाख रुपैयाँ उपलब्ध गराइएको थियो । कार्यक्रममा राजपाबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पनि सम्मानित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.