एमाले अध्यक्ष ओलीको नेतृत्वमा वाम सरकार : जनार्दन शर्मा

एमाले अध्यक्ष ओलीको नेतृत्वमा वाम सरकार : जनार्दन शर्मा

काठमाडौं : वाम गठबन्धनका नेताहरूले मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन्। नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई सम्वोधन गर्दै वाम गठबन्धनका युवा नेताहरूले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा भ्रमको पछि नलाग्न आग्रह गरे।

माओवादी केन्द्रका नेता तथा बिना विभागीयमन्त्री जनार्दन शर्माले तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र सरकार निर्माणसँगै पार्टी एकता हुने बताए। वाम सरकार गठन भएसँगै मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै मुलुकलाई सम्वृद्धि र विकासको बाटोमा अगाडि बढाउने उनको भनाइ छ।

एमालेका सचिव योगेश भट्टराईले कम्युनिष्ट पार्टीहरू सधैँभरि प्रजातन्त्र र जनताको पक्षमा रहेको हुँदा लोकतान्त्रिक मूल्य मान्यताको आधारमा छिट्टै सरकार गठन गरेर अगाडि बढ्ने बताउनुभयो। उनले वाम सरकार गठन भएपछि मुलुकमै रोजगारीको सिर्जना गरी विदेशीयका युवालाई स्वादेशमै फर्काउने, व्यवसायमा लगानी गर्नुका साथै मुलुकका विद्यमान समस्या समाधान गर्ने बताए।

मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले कला, शीप र दक्षताका धनी सुनचाँदी व्यवसायी तथा कामदारको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए। सुनचाँदी व्यवसायी तथा कामदारको पेशागत संरक्षणका लागि २०७३ असोज १२ गते स्थापना गरिएको हो। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.