कालिकोटमा कर्फ्यु : म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र

कालिकोटमा कर्फ्यु : म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र

सुर्खेत : कालिकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले शनिबार कफ्र्यु आदेश जारी गरेको छ । अवस्था नियन्त्रणबाहिर जान लागेको भन्दै प्रशासनले शनिबार दिउँसो चार बजेबाट सदरमुकाम मान्ममा अनिश्चितकालीन कफ्र्यु लगाएको हो ।

प्रहरीको गोली लागेर शुक्रबार एक म्यादी प्रहरीको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीले शनिबार दिनभर मान्ममा प्रदर्शन गरे । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय वार्तामा प्रशासनले माग पूरा गर्न आलटाल गरेको भन्दै उनीहरूले तोडफोडसमेत गरेका छन् । कफ्र्यु तोडेर प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र अ श्रुग्यास प्रहार गर्दा दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।


स्थानीय प्रशासनले गोलीले नभई ढुंगाले लागेर म्यादीको मृत्यु भएको भनेपछि स्थानीय बासिन्दा र दलसमेत आक्रोशित ।

म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गरेपछि शुक्रबार प्रहरीसँग झडप भएको थियो । सोहीक्रममा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो । घटनाको विरोधमा म्यादी प्रहरी, राजनीतिक दल र स्थानीयले संयुक्त प्रदर्शन सुरु गरेपछि शनिबार सदरमुकाम मान्म बन्द भयो । कर्णाली राजमार्गको कालिकोट खण्डमा समेत यातायात अवरुद्ध भएको छ । स्थानीय प्रशासनले गोलीले नभई ढुंगाले लागेर म्यादीको मृत्यु भएको भनेपछि स्थानीय बासिन्दा र दलसमेत आक्रोशित बनेका हुन् ।

स्थानीय बासिन्दाले गोली चलाउने प्रहरी, आदेश दिने सीडीओ र डीएसपीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, म्यादी प्रहरीलाई उचित ज्याला दिनुपर्ने र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने अडान संघर्ष समितिले लिएको छ । संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.