किशुनजीको जयन्तीमा ओलीको बोली : चुनाव जितेकोमा दम्भ छैन

किशुनजीको जयन्तीमा ओलीको बोली : चुनाव जितेकोमा दम्भ छैन

काठमाडौं : सन्दर्भ थियो, कांग्रेस  संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती । तर, एमाले अध्यक्ष केपी ओली अधिकांश वक्ताको केन्द्रीय विषय बन्न पुगे । शनिबार ललितपुरको बाँडेगाउँमा आयोजित कार्यक्रममा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई लक्ष्य गर्दै कांग्रेस नेताहरुले गरेका टिप्पणीले सबैको ध्यान खिच्यो ।

नेता प्रदीप गिरि र प्रकाशमान सिंहले अब ओलीको काँधमा गम्भीर जिम्मेवारी आएको भन्दै आउँदा दिनमा दलहरूबीचका कटुता भुलेर देशलाई समृद्धिको बाटोमा हिँडाउन सुझावसमेत दिए । गिरिले विश्वको हरेक मुलुकमा सविधान कार्यान्वयनको बेला एउटा-एउटा साहसिक नेता उदाएको उदाहरण दिँदै उनले ओली त्यस्तै भूमिकामा देखा परेको बताए । ओलीलाई सन्त नेता कृष्णप्रसाद भटराईसँग तुलना गर्दै मितव्ययी र स्वार्थरहित काम गर्न गिरिले सुझाव दिए । उनले सफल प्रधानमन्त्रीका लागि प्रतिपक्षी दलका नेताहरूसँग राम्रो सम्बन्ध बनाउनु अत्यावश्यक हुने बताए ।

लगत्तै बोलेका ओलीले निर्वाचनको जित-हारले आफूमा कुनै दम्भ नपलाएको बताए । आफू साधारण किसानको छोरो भएकाले कुनै दम्भ नभएको उनको भनाइ थियो । ‘म कुनै खान्दानी कुलिन परिवारको छोरो होइन, जसको धाक देखाउँदै दम्भ गरुँ', उनले भने । कांग्रेस नेता गिरिले सुझाएका वाक्यांशप्रति टिप्पणी गर्दै उनले जालझेल र बेइमान गरेर राजनीतिमा जे पनि हुन्छ भन्ने थिति बसाउन नचाहेको प्रस्ट्याए । बाँचुञ्जेल इमान्दारीसाथ काम गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

गिरिले सुझाएका वाक्यांशहरूलाई ‘सफ्ट वार्न' को संज्ञा दिएका उनले आफू सीमित उमेर, सीमित ज्ञान र सीमित सामथ्र्य भएको व्यक्ति भएकाले सक्नेजति काम जालझेल र बेइमान नगरी गर्ने बताए । धेरैले वाम गठबन्धनको विजयपछि मुलुक स्थिरता र समृद्धिको मुद्दामा अघि बढेको बताइरहँदा ओलीले भने मुलुक समृद्धिमा अघि बढ्यो भनेर दाबी गरेनन् । ‘हामी स्थिरता र समृद्धिको बाटोमा अघि बढ्दै छौं भनेर म अहिले नै ठ्याक्कै दाबी गर्न सक्दिनँ', उनले भने, ‘तर अब त्यो बाटोमा अघि बढ्नुको विकल्प छैन ।'

कार्यक्रममा ओलीसँगै कांग्रेस नेताहरू गिरि र सिंहले जनआन्दोलन ०४६ पछिका पहिलो प्रधानमन्त्री भट्टराईको शालिन र मितव्ययी व्यक्तित्वको चर्चा गरेका थिए । प्रधानमन्त्रीबाट बिदा भएपछि सरकारी निवासबाट एउटा सुटकेस, छाता र सुराही लिएर निस्किएका भट्टराई अहिलेको सन्दर्भमा भनी उत्तिकै उदाहरणीय रहेको उनीहरूले बताए ।

भट्टराईले जीवनको अन्तिम समय बाँडेगाउँस्थित आ श्रममा बिताएका थिए । पाँच रोपनी क्षेत्रफलमा रहेको यो आ श्रमलाई थप व्यवस्थित गर्न आयोजकले एमाले नेता ओलीसँग आग्रहसमेत गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.